सौराहाका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

चितवनः कोरोना भाईरसको त्रास वढ्दै गए पछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटलहरु बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रबेशद्धार सौराहामा १ सय १५ वटा साना ठूला होटल रहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार होटलहरुले सूचना टाँसेर सेवा वन्द गरेका छन् । घरायसी रुपमा चलाएका बाहेक अन्य होटलहरुका कर्मचारीहरुलाई बिदा दिएर कुर्ने मान्छे मात्र राखिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्ला दिनहरुमा पर्यटकहरुको आगमन घट्दै गए पछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । जोखिम न्यूनीकरण गर्न भन्दै होटलहरु बन्द गरिएका हुन ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने गतिबिधिका लागि प्रबेश रोकीएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रबेशको टिकट काउण्टर बन्द गरिएको छ ।
यस संगै निकुञ्ज भित्रको सफारी, हात्ती शयर, डुङ्गा शयर लगाएतका गतिबिधि गर्न नपाईने भएको छ । घिमिरेले जोखिम बढेपछि निकुञ्ज प्रबेशमा रोक लगाईएको बताउनुभयो । सौराहाको थारु सांस्कृतिक सग्राहलय पनि वन्द भएको छ ।
पर्यटक आउने मूख्य मौषममा कोरोना प्रभाबले गर्दा सौराहा क्षेत्रका गतिबिधि ठप्प बनेको हो ।

1 thought on “सौराहाका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

Leave a Reply

Your email address will not be published.