काेराेना डर : पटिहानीकाे अम्ब्रेला स्ट्रिट बन्द

भरतपुर : काेराेना फैलने डरले नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीकाे अम्ब्रेला स्ट्रिट बन्द गरिएको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) कारण अम्ब्रेला स्ट्रिट बन्द गरिएको हो ।

नेपाल सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसंगै अम्ब्रेला स्ट्रिट बन्द गरिएको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

छोटो समयमै अम्ब्रेला स्ट्रिटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएता पनि कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपाउनु पर्ने आवश्यक देखिएको अर्को सूचना जारी नहुन्जेलसम्मका बन्द गरिएको अध्यक्ष महतोले बताए ।


आज शनिबारदेखि बन्द गरिए पनि सयाैं पर्यटक आएकाे जानकारी गराउँदै प्रचारप्रसार संयाेजक रामहरि सेढाईंंलेे केही समय स्ट्रिट नआउन अपील गरे ।

1 thought on “काेराेना डर : पटिहानीकाे अम्ब्रेला स्ट्रिट बन्द

Leave a Reply

Your email address will not be published.