देश बन्धक बनाए!

गजल

मेरो देश बन्धक बनाए जालिहरुले
मोल मोलाई गरिरहेछन दलालिहरुले

खुसी मनाइन्छ भ्रष्टाचारि जेल मुक्त हुँदा
सम्मान गरिन्छ यहाँ बेजोड तालिहरुले

पोषिनु पोषिएका छन व्यापारी त यहाँ
कालो बजारिका ती बालि नालिहरुले

मन भएर पनि डण् लाख जनता सकेनन बस्न स्वदेशमा
सम्भार पाएनन भत्केका ती आलिहरुले

सुने पनि नसुनेझै बहिरो भैदिन्छ सरकार खै किन हो
आनन्द मिल्छ क्या हो हाम्रा गालीहरुले

आकांक्षा पोख्रेल