आँखामा लुकाएकी छु!

गजल

एउटा रहर मनको कुनामा लुकाएकी छु
कसैलाई खुसी देख्ने आशामा लुकाएकी छु

तिमीले ओठमा हेर्‍यौ देखेनौ सही हो
मेरा दुस्ख जति आँखामा लुकाएकी छु

उनीहरूले नागरिकतामा खोजे,भेटेनन्
मैले आमालाई जन्मदर्तामा लुकाएकी छु

सुन्दर छ कुल्चियौ भने निराकार हुनेछ
त्यो प्रेम जसलाई बालुवामा लुकाएकी छु

आधा जिन्दगी त यही हो र यस्तै थियो
आधा जुठेल्नामा र चुलामा लुकाएकी छु
सरु सुधा