युइएफएका सबै फुटबल गतिविधि स्थगित

युरोपेली फुटबल महासंघले सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित गरेको छ।

चीनको उहान प्रान्तबाट सुरु भएर विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोविड-१९) बाट प्रतियोगितामा सहभागी भइरहेका टोलीका खेलाडी नै संक्रमित भएपछि यो हप्ता हुने सम्पूर्ण खेलमा रोक लगाइएको हो।

इटाली, स्पेन, फ्रान्स लगायतका देशका राष्ट्रिय लिगहरू कम्तिमा २ हप्ताका लागि स्थगित भइसकेका छन्। त्यस्तै इङ्लिस प्रिमियर लिगका दुई खेल पनि स्थगित भएका छन् भने, पूरा लिग नै स्थगित हुने सम्भावना रहेको छ।

आर्सनल, एभर्टन, बर्नमाउथ, म्यानचेस्टर सिटी र चेल्सीका खेलाडीमाथि संक्रमणको आशंका गरिएको छ भने उनीहरू सेल्फ आइसोलेसनमा छन्।

‘बिहीबार फिफप्राे र ५५ सदस्सीय युइएफएकाे भिडियाे कन्फ्रेन्स मार्फत बसेकाे बैठकले खेलसँग सम्बन्धित सबैकाे स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै याे निर्णय लिइएकाे हाे,’ इएफएले भनेकाे छ।