इन्टरनेटका निर्माता भन्छन्- महिलाका लागि सुरक्षित भएन

एजेन्सी : वर्ल्डवाइड वेब (डब्लुडब्लुडब्लु)का निर्माता टिम बर्नर्स-लीले महिलाका लागि इन्टरनेट असुरक्षित बन्दै गएको बताएका छन्। अनलाइनमार्फत् महिलालाई यौन हिंसा गर्ने, विभेद गर्ने र धम्की दिनेजस्ता डरलाग्दो प्रवृत्ति बढेकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन्।

‘विश्वले लैङ्गिक समानतातर्फ ठूलो प्रगति गरिसकेको छ,’ डब्लुडब्लुडब्लु ३१ वर्ष पुगेको अवसरमा उनले एक खुलापत्रमा लेखेका छन्, ‘तर महिला, पृथक लैङ्गिक पहिचान भएका र अन्य सीमान्तकृत समुदायलाई यसले असर पुर्‍याएको छ, उनीहरूको प्रगतिमा हानि गरेको छ।’

अनलाइनको दुरुपयोग गरी महिलालाई कामबाट निकाल्न खोज्ने, विद्यालय जानबाट वञ्चित गराउन खोज्ने, सम्बन्ध बिगार्न खोज्ने र महिलाको विचारलाई चुप गराउन खोज्ने प्रवृत्तिका कारण ‘महिलाका लागि असुरक्षित भएको’ निष्कर्ष लीले निकालेका हुन्।

बर्नर्स–लीले वेबबाट हुनसक्ने ‘डिजिटल डिस्टोपिया’ अर्थात् डिजिटल आतङ्कको खतरा निर्मूल पार्न ‘कन्ट्राक्ट फर द वेब’ नामक विश्वव्यापी कार्ययोजना सुरु गरेको एक वर्षपछि यस्तो सन्देश आएका हो। यसरी महिलामाथि हुने अनलाइन दुव्र्यवहार समाधान नगरी उक्त कार्ययोजना सफल हुन सक्ने बर्नर्स–लीले बताएका हुन्।

लीका अनुसार तेस्रो क्षेत्र भनेको यस किसिमको विभेदलाई प्रश्रय दिने नराम्रो किसिमले बनाइएको आर्टिफिसियल इन्टेलिजेन्सको खतरा हो।
यसका लागि उनी तीनवटा क्षेत्रमा तुरन्तै काम गर्न सबैलाई आह्वान गर्छन्। पहिलो क्षेत्र विश्वका आधाभन्दा बढी महिला अनलाइन हुन नसकेका कारण उत्पन्न ‘डिजिटल डिभाइड’ वा डिजिटल विभेद हटाउन काम गर्नुपर्ने उनको धारणा छ।

त्यस्तै, दोस्रो क्षेत्र अनलाइन सुरक्षा हो, किनकि बर्नर्स–लीको वेब फाउन्डेसनको अध्ययनअनुसार आधाभन्दा बढी युवतीहरूले अनलाइनमार्फत् यौन दुव्र्यवहार, धम्कीपूर्ण सन्देश र बिना मञ्जुरी निजी तस्बिर प्रयोग भएको देखाएको छ।

लीका अनुसार तेस्रो क्षेत्र भनेको यस किसिमको विभेदलाई प्रश्रय दिने नराम्रो किसिमले बनाइएको आर्टिफिसियल इन्टेलिजेन्सको खतरा हो।

यस किसिमका अनलाइन दुर्व्यवहारलाई तुरन्तै समाधान गर्न उनले सबै सूचना–प्रविधि कम्पनी र सरकारलाई आह्वान गरेका छन्।