यो तेरो यो मेरो, गर्दागर्दै सकिन्छ जिन्दगी

गजल

यो तेरो यो मेरो, गर्दागर्दै सकिन्छ जिन्दगी
हरपल हरक्षण, मर्दामर्दै सकिन्छ जिन्द
गी

हिजो भएन अब त केहि हुन्छ होला भनी
आस बिश्वासमा पर्दापर्दै,सकिन्छ जिन्दगी

कुन ठाँउ गए सुखका दिन आउँछन सोचि
यताउता बसाई, सर्दासर्दै सकिन्छ जिन्दगी

कहिले ठुला कहिले साना सुख र दुखका
आइपर्ने जंगार तर्दातर्दै, सकिन्छ जिन्दगी

अरुलाई प्रकाश दिन जलेको त्यो मैन सरि
पग्लिएर आफू झर्दाझर्दै,सकिन्छ जिन्दगी

चाहाना पूरा हुदा खुसिका नहुदा दुखका
नयनहरु आशुले भर्दाभर्दै, सकिन्छ जिन्दगी

सबैको चाहाना स्वर्गमा पुग्ने मरेर गएपछी
तर मृत्युसङ्ग नै डर्दाडर्दै, सकिन्छ जिन्दगी

आकांक्षा पोख्रेल