आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको उपाधी पाटन कलेजलाई

काठमाडौं : न्यु समिट कलेजले आयोजना गरेको आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाटन संयुक्त क्याम्पस द्वारा एकेडेमिया अन्तर्राष्ट्रिय कलेज ७ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको एकेडेमिया कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन जोड्न सफल भएको थियो । एकेडेमीया कलेजका लागि मधुसूदन खनालले २२ र विपिन महर्जनले १७ रन लिए भने बाकी खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । पाटन कलेजका लागि रुपेश बुढाथोकी र निर्मल लुइँटेलले २,२ विकेट लिए ।

९९ रनको लक्ष्य पाएको पाटन कलेजले १४.४ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो । उसले ३ विकेटको क्षतिमा १०० रन लिन सफल हुँदै आइटी क्रिकेट कपको उपाधि जित्न सफल भयो । पाटन कलेजका लागि सुनिल ज्ञवालीले ३७ बलमा २५ रन र सुनिल खड्काले २४ रन लिँदै आफ्नो टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच पाटन संयुक्त क्याम्पसका सुनिल खड्का भए । उनले नट – वाउट २४ बलमा २४ रन लिएका थिए ।