पराजुलीको कथासग्रह कुमाता विमोचन

 

भरतपुर : पत्रकार वसन्त पराजुरीद्वारा लिखित कुमाता कथाहरुको संग्रहको सोमवार एक कार्यक्रमका विच विमोचन गरियो ।  नेपाल लघु कथा समाजका अध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गर्नुभएको हो ।
अक्षर समुहको आयोजनामा भएको कृति विमाचोन कार्यक्रममा वोल्दै श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दावि गर्नुभयो ।
“क्षणिकले केही हुदैन साहित्यमा वाचुन्जेल साधना गर्र्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले समाजको हितका लागि साहित्य हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमा पुस्तक माथि समिक्षा गर्दै प्राडा. एक नारायण पौडेलले कुनै पनि सत्यता भित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राख्नुभयो । कार्यक्रममा कथाकार डा. हरिहर पौडेल, कथाकार एल वी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा संग्रहको विषयमा टिप्पणी गर्नु भएको थियो ।
सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले वजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार वसन्त पराजुलीले जानकारी दिनुभयो ।
“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसलैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छ”, पराजुलीले भन्नुभयो ।
गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास ,यौन , धोका ,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।
अध्यक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सो कार्यक्रममा सम्पन्न भएको थियो ।