पिनाकलले भित्रायो चितवनमा इलेक्ट्रिक स्कुटर निउको, वातावरण प्रदुषण कम हुने विश्वास (भिडियो)

 

चितवन : चितवनमा वातावरणमैत्री प्रविधि भित्राउने अभियान पिनाकल मोर्टस् जुटेको छ । विगत लामो समयदेखि हुन्डाई व्राण्ड मार्फत मध्य नेपालमा लोकप्रिय बनेको पिनाकलले वातावरणमैत्री अभियानका लागि पिनाकल मोटोरोड नामक नयाँ कम्पनी सञ्चालन गरेको हो । जसले अब देखि चितवनमा निउ इलेक्ट्रिक स्कुटरको सोरुम सन्चालनमा ल्याएको छ । पिनाकल मोटोरोडको निउको सोरुमको एक भव्य समारोहका विच उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष राजु श्रेष्ठले उद्घाटन गरेका छन्।

इको इफिनिटिक प्रा.लि. ले बजारमा ल्याएको स्कुटरको सोरुम उद्घाटन गर्दै श्रेष्ठले निउ इलेक्ट्रिक स्कुटरले वातावरण प्रदुषण कम गर्नका लागि सहयोग गर्ने बताए । उनले इलेक्ट्रिक स्कुटरको प्रयोगले खर्च कम गर्नुको साथै वातावरण प्रदुषणरहित बनाउन पनि सहयोग मिल्ने बताए । यस्तै उनले अहिलेको युग स्कुटरको युग भएको भन्दै निउ इलेक्ट्रिक स्कुटरको सोरुमलाई सफलताको कामना गरे ।
इको इफिनिटिकका प्रमुख उज्वल जोशीले दुई पाङ्रे सवारीमा निउ इलेक्ट्रिक स्कुटरले कोशेढुङ्गा पार गरेको बताए । उनले यो स्कुटर नेपालमै नम्बर प्लेट प्राप्त पहिलो दुई पाङ्रे सवारी भएको जानकारी दिए । यस्तै उनले यो स्कुटर एक भन्दा बढी बिक्री कक्ष र ७३डद्दज्ञटसक७३डद्दज्ञठस बर्गको बैंकबाट फाइनान्सको सुविधा प्राप्त पहिलो स्कुटर भएका समेत जानकारी दिए । उनले बढ्दो बातावरण प्रदुषणलाई रोक्न यस्तो इलेक्ट्रिक सवारी साधन प्रयोग गर्नु पर्नेमा जोड दिए ।

पिनाकल मोटोरोडका प्रवन्ध निर्देशक इश्वर श्रेष्ठले काठमाडौं जस्तै चितवनमा पनि निउ इलेक्ट्रिक स्कुटरले राम्रो बजार लिने विश्वास व्यक्त गरे ।उनले निउ इलेक्ट्रिक स्कुटर प्रयोग गर्नेहरुले नै अन्य ग्राहकहरुलाई पनि सिफारिस गर्दै जाने विश्वास समेत व्यक्त गरे । बढ्दो सहरिकरणका लागि यो स्कुटर उपयुक्त हुने उनको भनाई थियो ।
निउ इलेक्ट्रिक स्कुटर विश्वका ८० भन्दा बढी देशहरुबाट बिक्री वितरण भईरहेको छ । यसले विश्वभर अहिलेसम्म १० लाख भन्दा बढी ग्राहकहरु बनाईसकेको छ । यसको चितवनसँगै पोखरा, बुटवल, बिर्तामोडमा पनि बजार बिस्तार भईसकेको छ । नेपाली बजारमा भित्रिएको ३ बर्षमा नै यसले ८ सय भन्दा बढी ग्राहक बनाईसकेको छ । पेट्रोल स्कुटर प्रयोग भन्दा यो स्कुटरको प्रयोग गर्दा वार्षिक ५० हजार खर्च कम गर्न सकिने कम्पनीको दाबी छ ।