वागमती प्रहरीको लागुऔषध नियन्त्रण गर्ने अभियान, धादिङ प्रहरी विद्यार्थी पढाउदै (भिडियो)

धादिङ : वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विशेष प्राथमिकतामा राखेको लागुऔँषध नियन्त्रण सचेतना अभियान तीव्र पारिएको छ । नुवाकोटबाट सुरु भएको अयिभान अन्र्तगत आज धादिङ विद्यार्थीहरुलाई पढाउदै सचेतना कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिगंको आयोजना तथा वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा लागुऔषध ओसारपसार तथा दुव्र्यसनी विरुद्ध विद्यार्थी पढाउने अभियान थालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

          उनले सो अवसरमा जिल्लामा प्रयोगकर्ता भन्दा पनि यो जिल्ला हुदै कारोबार गर्ने क्रम बढेको बताउदै यसको नियन्त्रणका लागि विशेष अभियान थालेको समेत जानकारी गराए । उनका अनुसार यस जिल्लामा आर्थिक बर्ष २०७४ ७५ मा चरेश ३ सय ३४ केजी सहित २१ जना पक्राउ, आर्थिक बर्ष २०७५ ७६ मा १ हजार ३१ केजी चरेशसहित ५२ जना र आर्थिक बर्ष २०७६ ७७ को हालसम्म ४५ केजी चरेशसहित ३६ जनालाई पक्राउ गरि कार्वाही गरेको तथ्याकं समेत बताए ।

वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियान अन्र्तगत सोमबारदेखि नुवाकोटबाट सुरु गरेको लागुऔषध ओसारपसार तथा दुव्र्यसनी विरुद्धको अभियान वागमती प्रदेश प्रहरी कार्यालय अनर्तगतका १० वटै जिल्लामा व्यापक रुपमा सञ्चालन गरिरहेको छ ।


वागमती प्रदेश अन्तर्गतका मकवानपुर, धादिङ, चितवन, सिन्धुली र नुवाकोट लगायतका केही जिल्लाहरुमा गाँजा र अफिमको खेती व्यापक रुपमा फस्टाइरहेको प्रहरीको अध्ययन र अनुसन्धान आँकडाले देखाएको छ । सो कारण वागमती प्रेश प्रहरी एक्सनमा उत्रिदै अभियान थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक किशोरकुमार दाहालको अगुवामा जिल्ला समन्वय समिति परिसरमा घरेलु हिंसा, महिला हिंसा , लागुऔषध विरुद्धको अभियान र नेपाल प्रहरीको भूमिकाको बारेमा जानकारी गराइएको थियो । उनले लागु औषध विरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई लागु पदार्थ मुक्त बनाउने अभियानमा सबैले हातेमालो गर्न अपिल पनि गरे ।

आफ्नै गाउँटोललाई शान्त र सुरक्षित राख्न विद्यार्थीहरुको भूमिका महत्वपूर्ण देखेर पढाउने अभियान निरन्तर रुपमा जारी रहने एसपी रेग्मीले बताए ।
सो कार्यक्रममा निलकण्ड माविका विद्यार्थीहरु सहभागी थिए । सो अवसरमा विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म पुर्‍याउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा प्रहरीको छ । भने समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा पुगेर प्रहरी यस्ता कार्यक्रम सञ्चालनलाई थप प्रभावकारी बनाउने धादिङ प्रहरीको भनाई छ ।

त्यहाँ सहभागी विद्यार्थीहरुलाई बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने तथा लागुऔषधको सेवन र यसबाट पर्ने असर तथा अभिभावकको दायित्व विषयक र यसबाट हुने बिकृती, बच्ने उपायहरु, प्रयोग माथी अभिभावकको निग्रानी तथा स्वयं सुरक्षित कसरी हुने भन्ने सम्बन्धमा विशेष प्रशिक्षित गराईएको थियो । कार्यक्रममा धादिङ प्रहरीका प्रवक्ता डिएसपी रुपक खड्का, प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी नायव निरीक्षक देवराज काफ्ले लगायतले सहजीकरण गरेका थिए । लैगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति धादिङका कोषाध्यक्ष सिताराम प्रसाद वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारीकर्मी भगवती उप्रती, कृष्णप्रसाद दाहाल लगायतले बोलेका थिए ।