मालद्वीपमा बोल्ड भए बिपासा र करण : फोटो भयो भाइरल

एजेन्सी : भारतकी चर्चित अभिनेत्री बिपाशा बसुले मालद्वीपमा भ्याकेसन मनाएका केही तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छन् ।

पति करण सिंह ग्रोबरको साथमा छुट्टी मनाउन गएकी बसुले हट र बोल्ड फोटो सार्वजनिक गरेपछि त्यसले अहिले समाजिक सञ्जाल तताएको छ । बसुले पति करणको ३८ औं जन्मदिनको अवसर पारेर रोमान्टिक फोटो सेयर गरेकी हुन् ।

जसमा समुद्र किनारामा करण र बसुले लिपलक गरेको देखिन्छ । जसमा उनीहरु एकअर्काप्रति समर्पित भएको देखिन्छन् ।

सामाजिक सञ्जालमा यी फोटोहरुले अहिले व्यापक चर्चा पाइरहेका छन् । फोटो सेयर गर्दै विपासाले लेखेकी छन्, एउटा अर्काे होलिडे मेरो पार्टनरको साथ… मेरो सबथोक ।