मौसममा आज सामान्य बदली हुने

काठमाडौं : देशको पश्चिमी भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी पहाडीमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पर्वानुमान महाशाखाले जनएको छ।

त्यस्तै आज रातको समयमा पनि देशको मध्य तथा पश्चिमी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।