होटल तथा रेष्टुरेन्ट संघको स्वागत र सम्मान

भरतपुर : होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको आयोजनामा मंगलबार भरतपुरमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले एक औपचारिक कार्यक्रमको आयोजना गरि हालै मात्र चितवन सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक नान्तिराज गुरुङलाई स्वागत र होटल व्यवसायी महासंघको सल्लाहकारमा चयन हुनु भएका दुर्गा प्रसाद गौतम र राम प्रसाद सुवेदीलाई सम्मान गरेको हो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले नेपाल भ्रमण वर्ष सफल वनाउन होटल व्यवसायीको भूमिका महत्वपुर्ण हुने वताउँदै होटल व्यवसायलाई व्यवस्थित र मर्यादित वनाउनु पर्नेमा जोड दिनु भयो । व्यवसायीहरुको हक हित संरक्षणको लागि व्यवसायीहरुका विचमा एकता जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा वोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक नान्तिराज गुरुङले होटल व्यवसाय मर्यादित वनाउनु विषयमा व्यवसायीहरुवाट सहयोगको अपेक्षा गरेको वताउँदै व्यवसायीका समस्या समाधानमा हातेमालो गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघकी उपाध्यक्ष मिना गौतम, होटल व्यवसायी महासंघका सल्लाहकार दुर्गाप्रसाद गौतम, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सल्लाहकार राजेन्द्र कुमार पियालगायतले वोल्नु भएको थियो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य लक्ष्मि कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका महासचिव देव शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।