रिकभरीङ्ग नेपाल बाग्मती प्रदेशको अध्यक्षमा युवा समाजसेवी दिवाकर

 

चितवन : रिकभरीङ्ग नेपाल बाग्मती प्रदेशको अध्यक्षमा युवा समाजसेवी दिवाकरराज श्रेष्ठ सर्वसहमत भएका छन् । संस्थाको आज सम्पन्न साधारण सभाबाट अध्यक्ष दिवाकर राज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जसको प्रथम उपाध्यक्ष किरण गुरुंङ्ग, द्धितिय उपाध्यक्ष सौजन डी.सी., सचिव भरत घिमिरे, सह सचिव निर्मल विडारी, कोषाध्यक्ष विजय हाडा, सह कोषाध्यक्ष शंकर भट्ट रहेका छन् ।

यस्तै सदस्यहरुमा जयराम हुमागाई, विनोदलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । लागुऔषध नियन्त्रण अभियानमा जिल्लामा नै फरक शैलीका सक्रिय श्रेष्ठ आफु प्रदेश अध्यक्ष भएसगैँ लागुऔषधबाट युवाहरुलाई रोक्न कडा कानुन निर्माणमा पहल गर्ने बताए ।