मेयर रेनु दाहालको अगुवाईमा जुस पिउदै माडीका अध्यक्ष पौडेलले अनसन तोडे

 

चितवन : भरतपुर महानगरकी मेयर रेनु दाहालको अगुवाईमा अनसनरत माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोडेका छन् । राष्ट्रिय निकुन्जको ऐन संशोधनको माग गर्दै अनसनरत वडा अध्यक्ष पौडेललाई मेयर रेनु दाहालसहितको टोलीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डको मागवारे एकेबद्धता र सामाधानको प्रतिबद्धता, एंव प्रधानमन्त्री समेत माडीका मागवारे ध्यानाकर्षणपछी मेयर रेनु दाहाल, जिल्ला स्थित नेता, प्रजिअ लगायतको उपस्थितिमा भरतपुर अस्पतालमा माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले अनसन तोडेका हुन् ।

विगत ७ दिनदेखि विभिन्न माग राख्दै आमरण अनसन बसेका उनले समग्र माडी वासीका मागका विषयमा राज्य पक्षबाट उचित सम्बोधन भएकोमा खुसी समेत व्यक्त गरे ।