कालिका मन्दिर निर्माणको लागि एकैदिनमा उठ्यो करिब साढे ५ लाख

 

तनहुँ : देवघाट ५ कृषि संकलन केन्द्र एवं हाट बजारमा आज श्री कालिका मन्दिर सस्थाले आयोजना गरिएको कालिका मन्दिर निर्माणार्थ दात्रीभेला कार्यक्रम आज करिब साढे ५ लाख बराबरको आर्थिक सहयोग उठेको छ।
सो मन्दिर निर्माणार्थको लागि देवघाट क्षेत्र बिकास समिति बाट २ लाख,देवघाट वडा नम्बर ५ वडा कार्यालय बाट १ लाख,हाम्रो कोकाकोला कोलिस्टोर देवघाट ५ बाट १ लाख,नेपाल मगर संघ देवघाटका पुर्व अध्यक्ष पुर्ण बहादुर थापा बाट ५० हजार,राधा तिवारी देवघाट ५ बाट २१ हजार,आकृति घिमिरे हङकङ बाट ११ हजार,दण्डापानी पण्डित देवघाट बाट १० हजार ५ सय ५ रुपैयाँ,देवघाट ५ नम्बर वडा सदस्य ठाकुर कुमारी काफ्ले बाट १० हजार ५ सय ५ रुपैयाँ, प्रेम बहादुर राना देवघाट बसन्तपुर बाट ५ हजार ५ सय ५ रुपैयाँ,बाबुराम परियार देवघाट वसन्तपुर बाट ५ हजार ५ सय रुपैयाँ,गगा श्रेष्ठ अस्ट्रेलिया बाट ५ हजार १ सय रुपैया,जिवलाल खरेल देवघाट बाट ५ हजार ५ रुपैयाँ,तेज प्रसाद पोख्रेल देवघाट बाट ५ हजार ५ रुपैयाँ,नरमाया फेवाली देवघाट कालिका आमा समुहका अध्यक्ष बाट ५ हजार ५ रुपैयाँ,चन्द्र बहादुर बस्नेत देवघाट बाट ५ हजार ५ रुपैयाँ,दिवसकान्ता अधिकारी देवघाट बाट ५ हजार ५ रुपैयाँ,देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल बाट ५ हजार रुपैयाँ,यदुकुमार सिवाकोटी देवघाट बाट १ हजार ५ रुपैयाँ,सोम बहादुर थापा गैंडाकोट ९ बाट १ हजार १ रुपैया गरि करिब साढे ५ लाख भन्दा बढी रकम एकैदिन उठेको छ।

कार्यक्रममा बिशिस्ट अतिथि देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलले प्राचीन मन्दिर निर्माणको लागि देवघाट क्षेत्र बिकास समिति बाट २ लाख बजेट विनियोजन भएको र आफुले एक महिनाको सेवा बापत पाउने रकम पनि सहयोग गर्ने र विभिन्न संघ सस्था संघ पनि पहल गर्ने बताउनु भएको थियो। तेस्तै कार्यक्रमको विशेष अतिथि देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रममा बोल्दै देवघाटकै एक पुरानो मन्दिर भित्र रहेको यस् कालिका मन्दिर निर्माणको लागि देवघाट ५ नम्बर वडा कार्यालय बाट १ लाख रुपैयाँ विनियोजन भएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने उहाँ ले बताउनु भएको थियो।

कालिका मन्दिर निर्माणार्थ दात्रीभेला कार्यक्रममा सोचेको भन्दा बढी रकम एकैदिन उठेको कोषाध्यक्ष अमर फेवालीले बताउनु भएको थियो। कालिका मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि करिब ५० लाख लाग्ने फेवालीले बताउनु भएको थियोे।
कार्यक्रममा अन्य अतिथिहरु देवघाट वडा ५ का वडा सदस्यहरु भोजराज नैनावस्ती,ठाकुर कुमारी काफ्ले र फुलमाया बि.क.देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,देवघाट क्षेत्र बिकास समितिका सदस्य किरण सुवेदी,देवपुर सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रा गुरुङ र नेपाल मगर संघ देवघाटका पुर्व अध्यक्ष पुर्ण बहादुर थापा लगाएतको उपस्थिति रहेको थियोे भने कालिका मन्दिर सस्थाका अध्यक्ष यम बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।