चितवन मेडिकल कलेज र लिङ्गकन युनिर्भासिटीको उपाधि प्रदान आज

चितवन : चितवन मेडिकल कलेज र मलेशियाको लिङ्गकन युनिर्भासिटीको सहकार्यमा पहिलो चरणको फेलिसिप कार्यक्रमको आज लिङ्गकन युनिर्भासिटीका  President Professor Dr. Amiya Bhaumik का डाइरेक्टर MEC का सदस्यहरुको उपस्थितिमा उपाधि प्रदान कार्यक्रम आयोजन गरियो ।
उच्च गुणस्तरीय उपचार सेवाका लागि मुलुकै अग्रणी चितवन मेडिकल कलेज र मलेसियाको लिङ्गकन युनिर्भासिटीले उच्च शिक्षाका लागि कलेजले आयोजना गरिएको शैक्षिक आदान प्रदान कार्यक्रम अन्र्तगत Pulmonary and Critical Care medicine को २ वर्ष Fellowship सफलता पूर्वक पुरा गर्ने चार जना नेपाली चिकित्सकलाई शैक्षिक प्रमाण पत्र प्रदान गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताव देवकोटाले जानकारी दिए । सो अवसरमा चिकित्सकहरुले Pulmonary and Critical Care Medicine का विषयमा मुख्य रुपमा अनुभव आदान प्रदान र आफ्नो रिसर्च विशिष्ट उपचार, मानव संसाधन तथा शैक्षिक तालिमको आदान प्रदान लगाएतका विविध विषयमा सहकार्य गर्दै स्वदेशी दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यमा यो कार्यक्रम एक कोसे ढुङ्गा सावित हुने कुरामा पूर्ण विश्वास लिएको बताउनु भयो । साथै सो कार्यक्रममा दूई पक्ष रुपमा चिकित्सकहरुले काम गरेका थिए ।
उक्त समारोहमा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले नेपालका चिकित्सकहरुलाई उच्च विशिष्ट तालिम गराई नेपालमा सेवा गराउनको लागि यो कार्यक्रम बहुआयमी भएको बताउनु भयो । सो अवसरमा आ आºनो देशमा भएको अनुभब, ज्ञान प्रविधि आदान प्रदान गर्ने तथा सयुक्त रुपमा उपचार लगाएतका मेडिकल विषयमा रिसर्च एर्व अन्य कार्यक्रमहरु संचालन भएका थिए । मध्य नेपालको चितवनमा स्थिापित कलेज जिल्लामा नै विशिष्टकृत उपचार सेवा संगै घरमा नै बसेर डाक्टर पढन पाउने, उपचार पाउने सेवा दिदै आएको छ । कलेजले विभिन्न १२ वटा भन्दा बढी विभागमा उपचार सेवामा विषेश ध्यान दिएको छ । उच्च स्तरीय प्रविधि उपचार सेवा प्रदान गरेकै कारण कलेजको अलग पहिचान स्थापित भएको छ ।