महाशिवरात्रीमा नेपाली सेनाको बटुकदल गणको सरसफाई अभियान (फोटोफिचर)

 

चितवन : “महाशिवरात्री तथा सेना दिवस २०७६” को अवसर पारी चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको बटुकदल गणको आयोजना एवं ब्यवस्थापनमा विभिन्न मध्यवर्ती तथा कोर इलाकामा ब्यापक रुपमा सप्ताहाब्यापी सरसफाई गरिएको छ ।
गणले उक्त सरसफाई निकुञ्जको धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर तथा स्थानहरु लगायत सार्वजनिक स्थलहरुमा गणको अगुवाईमा निकुञ्ज प्रशासन, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, स्थानीय निकायका प्रतिनिधिहरु, भु.पु.सैनिकहरु, मध्यवर्ती सामुदायिक बनका पदाधिकारीहरु, स्थानीयबासी लगायतको उल्लेखनीय सहभागिता रहेको गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए ।


चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा भएको हुंदा यसलाई कार्यान्वयन गर्दै जाने अभियान अनुसार निकुञ्जमा रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी सफा गर्ने कार्यलाई गणले अभियानकै रुपमा लिई बिभिन्न समयमा सरसफाई कार्यक्रम संचालन गर्दै आइरहेको छ । यसै शिलशिलामा महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसर पारी गणले २०७६ फाल्गुन ३ गतेदेखि ७ गतेसम्मको अवधिलाई सप्ताहब्यापी सरसफाइ अभियान कार्यक्रमको आयोजना गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभरि करिव ५० स्थानमा खट्टिएको बटुकदल गणले चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारका घटना हुन नदिन मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुसंग हातेमालो गर्दै मध्यवर्ती क्षेत्रका स्थानीयहरुको लागि जनकल्याणका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । गणले यसअघि पनि स्थानिय जनताका लागि विभिन्न हिकारी काम गर्दै आएको छ । हेरौँ कुन दिन कहाँ के गरिएको थियो, पुरा विवरण : 

 

महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसर पारी चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको श्री बटुकदल गणको आयोजना एवं ब्यवस्थापनमा बिभिन्न मितिमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा कोर इलाकामा ब्यापक रुपमा सप्ताहाब्यापी सरसफाईको आयोजना गरि मनाएको छ । गणले उक्त सरसफाई अभियानमा चितवन राष्ट्रिय निकुञ्जको धार्मिक तथा पुरातात्विक महत्वका मठमन्दिर तथा स्थानहरु लगायत सार्वजनिक स्थलहरुमा गणको अगुवाईमा निकुञ्ज प्रशासन, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, स्थानीय निकायका प्रतिनिधिहरु, भु.पु.सैनिकहरु, मध्यवर्ती सामुदायिक बनका पदाधिकारीहरु, स्थानीयबासी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त सरसफाई अभियान अन्तर्गत बटुकदल गणको मेघौलीमा तैनाथ गुल्मद्धारा मिति २०७६/११/०३ गते संचालन गरेको सरसफाई कार्यक्रममा नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, भरतपुर म.न.पा.२७ का पदाधिकारीहरु, नेपाल प्रहरी, मेघौली मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका सदस्य लगायत स्थानीयबासीहरु गरि करिव १२० जनाको सहभागितामा मेघौलीस्थित सार्वजनिक बाटो, भंगाहा चोकदेखि मेघौली इलाका, तेलौली, पर्साढाप, जानकी मा.बि. लगायत भ.म.न.पा.२७ देखि २८ वडासम्मको करिव ६ कि.मि.बाटो सरसफाई गरेको थियो । त्यसै गरि मिति २०७६/११/०६ गते निकुञ्ज प्रशासनका कर्मचारी, स्थानिय ब्यवस्थापत समितिका पदाधिकारी तथा शिवालय पार्क व्यवस्थापन समितिको पदाधिकारीहरु, भ.म.न.पा. वडा नं. २७ का अध्यक्ष गोबिन्द तामाङ्ग, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ३०/३५ जनाको संयुक्त टोलीले भ.म.न.पा. वडा नं. २७ स्थित शिवालय पार्क एरिया सरसफाई   गरेको । मिति २०७६/११/०७ गते नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, नेपाल प्रहरी प्र.स.नि. सुनिल थापा, सदावहार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष अपुर्न भण्डारी, बफर जोन कोषका अध्यक्ष रामचन्द्र भट्टराई, स्थानिय ब्यवस्थापत समितिका पदाधिकारी तथा भोजराज मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, भ.म.न.पा. २७ का स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ३०/३५ जनाको संयुक्त टोलीले भ.म.न.पा. २७ स्थित भोजराज मन्दिर ईलाका सरसफाई गरेको थियो ।

त्यसै गरि बटुकदल गणको बगाईमा तैनाथ गुल्मद्धारा मिति २०७६/११/०३ गते संचालन गरेको सरसफाई अभियानमा नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, अयोध्यापुरी मध्यवर्ती क्षेत्र ब्यवस्थापत समितिका अध्यक्ष तथा पदाधिकारीहरु, CBAPU अयोध्यापुरीका पदाधिकारीहरु, माडी नगरपालिका वडा नं.९ बगाई बसपार्क ब्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरि करिव ५०/६० जनाको संयुक्त टोलीले बगाई गुल्म हे.क्वा.देखि बगाई बसपार्कसम्मको करिव २ कि.मि.बाटोमा सरसफाई गरेको थियो । मिति २०७६/११/०७ गते नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी, माडी न.पा.८ का अध्यक्ष, अयोध्यापुरी मध्यवर्ति क्षेत्रका अध्यक्ष तथा पदाधिकारीहरु, जनजिवन माध्यामिक बिद्यालयका प्र.अ. र बिद्यार्थिहरु, माडी न.पा. ८ का स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ९० जनाको संयुक्त टोलीले माडी न.पा ८ स्थित जिवन खोला देखि घाँघर खोलासम्मको करिव २ कि.मि. ईलाकामा सरसफाई   गरेको थियो ।

बटुकदल गणको अमलटारीमा तैनाथ गुल्मले मिति २०७६/११/०६ गते निकुञ्ज कार्यलयका कर्मचारीहरु, गुन्द्रही डकाहा सामुदायिक वनका प्रतिनिधिहरु, स्थानिय जन प्रतिनिधिहरु, नारायणी धाम गोहेश्वर महादेव मन्दिरका ब्यवस्थापत समितिका पदाधिकारी, कावासोति न.पा. वडा नं. १७ का अध्यक्ष, स्थानीय बुद्धिजिवी, सरोकारवालाहरु र स्थानीयबासिहरु गरी करिव ५०/५५ जनाको संयुक्त टोलीले कावासोति न.पा. वडा नं. १७ स्थित नारायणी धाम, गोहेश्वर महादेव मन्दिर,अमलटारी घाट, पिक्निक स्पोर्ट एरिया सरसफाई गरेको

बटुकदल गण हे.क्वा.कसराले मिति २०७६/११/०८ गते निकुञ्ज प्रशासनका कर्मचारी, केरुङ्गा मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष अर्जुन बहादुर घर्ती, भ.म.न.पा वडा नं. २३ का वडा अध्यक्ष नरिनारायण पौडेल, घैलाघारी मध्यवर्ति सामुदायिक वनका सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, घैलाघारीस्थित शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सेनानी शेर बहादुर घ.म. (अ.प्रा), भु.पु.सैनिक सञ्जालका अध्यक्ष जम.दिल कुमार श्रेष्ठ (अ.प्रा.) लगायत अन्य भु.पु. सैनिकहरु र स्थानीयबासिहरु गरी करिव ११५ जनाको संयुक्त टोलीले भ.म.न.पा वडा नं. २३ स्थित राप्ती पुलदेखि करिब १ कि.मि. भरतपुर माडी सडकखण्डमा सरसफाई तथा शिव मन्दिरमा सरसफाई तथा रंगरोगन गरेको थियो ।

त्यसै गरि बटुकदल गणको सौराहामा तैनाथ गुल्मले मिति २०७६/११/०८ गते कुमरोज मध्यवर्ति वनका अध्यक्ष गणेश श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरु र स्थानीय बासिन्दाहरुको करिब २५ जनाको संयुक्त टोलीले सौराहा बजारदेखि ६ कि.मि.खैरहानी नगरपालिका वडा नं. १३ जलेश्वर महादेव मन्दिर तथा खैरहानी नगरपालिका १३ गर्व बद्री केदारनाथ शिव मन्दिरको आसपास ईलाकामा सरसफाई गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा भएको हुंदा यसलाई कार्यान्वयन गर्दै जाने अभियान अनुसार निकुञ्जमा रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी सफा गर्ने कार्यलाई गणले अभियानकै रुपमा लिई बिभिन्न समयमा सरसफाई कार्यक्रम संचालन गर्दै आइरहेको छ । यसै शिलशिलामा महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसर पारी गणले २०७६ फाल्गुन ३ गतेदेखि ७ गतेसम्मको अवधिलाई सप्ताहब्यापी सरसफाइ अभियान कार्यक्रमको आयोजना गरेको थियो ।