सुन्दर महिला : १३० पुरुषसँग यौन सम्बन्ध ! यस्तो छ कारण

 

एजेन्सी : एक २८ वर्षीया महिलाले अन्तरवार्तामा १३० पुरुषसँग आफूले शारीरिक सम्बन्ध बनाएको बताएकी छन् । धेरै व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नुका पछाडी उनले शारीरिक र मानसिक समस्या पनि झेल्नु परेको छ ।

बेलायतमा बसोबास गर्ने फ्रेन्की कोन्सिडिनले आफूलाई बिहान उठ्दासाथ कोसँग सुत्ने भन्ने चिन्ता लाग्ने गरेको थियो । यस्तो उनलाई कुनै स्वास्थ्य समस्याले रहेको लामो समयपछि थाहा भयो ।

सेक्स एडिक्सन पुरुषमा मात्र हुन्छ भन्ने मान्यता रहेको छ । तर फ्रेन्कीलाई सेक्स एडिक्सनको समस्या भएको थियो । अपवादमा यी महिला यसको शिकार भइन् । चिकित्सकहरुले मानसिक स्वास्थ्यसँग जोडेर सेक्स एडिक्सनलाई बुझ्नु पर्नेमा जोड दिएका छन् ।

विश्वव्यापी चर्चामा रहेका व्यक्तिहरु पनि सेक्स एडिक्सनको समस्यामा पर्छन् । टाइगर उड्स, रसेल ब्रेण्डजस्ता सेलिब्रेटी पनि सेक्स एडिक्सनको समस्यामा परेका थिए । बेलायतमा भने महिलाहरु सेक्स एडिक्सनको शिकार बन्न थालेका छन् ।

पछिल्लो अध्ययनमा अहिले ६ लाख ६० हजार महिला यस्तो स्वास्थ्य समस्याबाट गुज्रिएका छन् ।

यस्तो स्वास्थ्य समस्या भएका महिलामा अन्य समस्याहरु पनि थपिने गरेका छन् । फ्रेन्की पनि डिप्रेसन, एसटिडीलगायतका स्वास्थ्य समस्याबाट पीडित भएकी थिइन् ।

अहिले उनको अवस्था सामान्य बन्न थालेको छ । पहिलो सेक्स सम्बन्ध उनले १३ वर्षदेखि सुरु गरेकी थिइन् । उनले पटक पटक आफ्नो पुरुष पार्टनर परिवर्तन गरेको बताइन् ।