भरतपुरको पर्यटन विकासमा नयाँ प्रयोग : भरतपुर देखि लुम्बिनीसम्म कार ¥याली

चितवन : भरतपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि भरतपुर देखि लुम्बिनीसम्म कार र्याली निकाल्ने भएको छ । भ्रमण बर्षलाई लक्षित गरी फागुन १० गते कार र्यालीको आयोजना गरिएको हो ।

र्याली मार्फत भरतपुका पर्यटकिय गन्तव्यको प्रचार प्रसार गरिने बुधबार (आज) भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । रेयालीमा करिब १ सय ५० कारमा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज, सरकारी कार्यालयका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहने मेयर रेनु दाहालले जानकारी दिनुभयो । र्यालीमा सहभागी हुने कारमा स्टीकर,झण्डा र फ्लेक्स मार्फत भरतपुरको प्रबद्र्धन गरिने छ । र्यालीमा सहभागिलाई तेल खर्चको लागि एक हजार पाँच सय रुपैयाँ व्यवस्था गरिएको मेयर दाहालले बताउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिका प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं एतिहासिक सम्पदाले परिपूर्ण छ । महानगरका २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् । मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् । संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल,पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ ।

यसलाई प्रचार प्रसार गर्नका लागि र्यालीले महत्वपुर्ण भुमिका खेल्ने महानगरले विश्वास लिएको छ । यहाँ पर्यटकका लागि साना ठुला गरेर ६४ वटा होलट रहेका छन् ।