माडीमा दिवाकर स्मृति भलिवल प्रतियोगिता सुरु, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी

 

सुवास लामिछाने, माडी : दिवाकर भुसाल स्मृति राष्ट्टिय क्लब च्याम्पियनसिप दोश्रो पुरुष भलिवल प्रतियोगितामा विभागिय टोली नेपाली पुलिस क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा वाग्मती प्रदेश क्लवलाई ३–० को सेटमा पराजित गदै नेपाल पुलिस क्लव विजयी भएको हो ।
उद्घाटन खेलमा वाग्मती प्रदेश क्लवलार्ई २५–९ ,२५–१६ र २५–८ को सोझो सेटमा पराजित गदै पुलिस क्लवले विजयी सुरुवात गरेको हो । यस्तै आज सम्पन्न दोश्रो खेलमा सहारा सुपर मार्केटलाई २५–१८,२५–१७ र २५–२० को सेटमा पराजित गदै त्रिभुवन आर्मी क्लव विजयी भएको हो ।
आजदेखी सुरु भएको भलिवल प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ
। ६ राष्ट्टिय भलिवल टिमको सहभागिता रहेको भलिवलमा प्रथम स्थान हासिल गर्ने टोलीले नगद दुई लाख सहित आर्कषक ट्टफी प्राप्त गर्नेछ भने दोश्रो स्थान हासिल गर्नेले एक लाख , तृतिय स्थान हासिल गर्नेले ५० हजार र सान्तोना हुने टोलीले २५ हजार प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समिति माडी अध्यक्ष एवं माडी नगरपालिका ५ वडाअध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिनुभयो ।