प्रजातन्त्र दिवस : तीन सय २९ कैदीको कैद मिनाहा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त संख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन्।