नेपाल प्रहरी एआईजीविहिन, रिक्त ३ मा ७ जनाको दावी

 

काठमाडौं : नेपाल प्रहरीको सिंगो संगठन अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० विहिन अवस्थामा छ । २६औं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै गत मंगलबार तीन एआईजीले अवकास पाएपछि रिक्त रहेको उक्त पदका लागि ७ डीआईजी प्रतिस्पर्धामा देखिएका छन् । अहिले उनीहरु एआईजी बढुवाका लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।

सोही दिन १७ डीआईजीले समेत एकसाथ अवकाश पाएका थिए । त्यस लगतै गत बुधबार नेपाल प्रहरीको २७औं प्रहरी महानिरीक्षकमा डीआईजी ठाकुप्रसाद ज्ञवाली नियुक्त भइसकेका छन् । हाल एआईजी रिक्त्त रहेको अवस्थमा बढुवा रोकिँदा डीआईजीका लागि बढुवा हुने एसएसपीहरुसमेत पर्खाइमा छन् ।

रिक्त ३ एआईजीका लागि प्रतिस्पर्धामा रहेका ७ डीआईजी मध्ये दुई डीआईजी तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय वर्तमान आईजीपी ज्ञवालीकै ब्याचका हुन् । लम्साल र उपाध्यायपछिका ब्याचका डीआईजीहरु शैलेश थापा क्षेत्री,प्रद्युम्न कार्की,हरिबहादुर पाल र निरज बहादुर शाही एआईजी बढुवनाको मुख्य दौडमा छन् । आजको राजधानी दैनिकमा प्रकाशित छ ।