पेट्रोल-डिजेलको मूल्य घट्यो

 

काठमाडौ : पेट्रोलियम पदार्थकाे मूल्य घटेको छ । नेपाल अायल निगमले पेट्रोल , डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २,२ रूपैयाँ घटाएको हाे । नयाँ मूल्य साेमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

पेट्रोलकाे अब प्रतिलिटर १०८ रूपैयाँमा पाइने भएको छ। डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९७ रूपैयाँ ताेकिएकाे छ । ग्यासको मूल्य भने विगतकै यथावत रहेकाे निगमले जनाएको छ ।