नेपालीकाे उद्धार अपडेट: हुबेईका विभिन्न सहरबाट उहान ल्याइँदै, साँझ ६ बजे विमानस्थल पुग्ने

 काठमाडौं : कोरोना भाइरस प्रभावित क्षेत्र चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरुलाई उहान ल्याउने क्रम जारी छ। हुबेईका विभिन्न सहरमा रहेका १ सय ८५ जना नेपाली नेपालीलाई अलग-अलग बसमा सङ्‌कलन गरी उहान ल्याइँदैछ।

बेइजिङस्थित नेपाली दूतावासबाट प्राप्त पछिल्लाे जानकारी अनुसार हुबेई प्रान्तकाे इन्सीबाट २७ जना नेपालीलाई इचाङ ल्याइएकाे छ। त्यहाँबाट उनीहरुलाई छुट्टै बसमा राखेर इचाङका नेपालीसँगै उहान ल्याइँदैछ।

यसैगरी शियानबाट २९ जना नेपालीलाई चिङयाङमा ल्याइएकाे। उनीहरु त्यहाँबाट स्थानीय समय सवा १२ बजे उहानका लागि प्रस्थान गर्नेछन्।

त्यसैगरी, जिन्झाउबाट ५० जना नेपाली लिएर २ बजे बस उहानका लागि प्रस्थान गर्ने तयारी भएकाे छ। उहानबाट सबै नेपालीहरुलाई लिएर २:३० बजे विमानस्थलमा प्रस्थान गर्ने जनाइएकाे छ।

यसअघि कोरोना भाइरस प्रभावित क्षेत्र चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरुलाई उहान ल्याउन बेइजिङस्थित नेपाली दूतावासले ५ वटा बस पठाएको थियाे। हुबेईका विभिन्न ५ वटा सहरमा रहेका नेपालीलाई उहान ल्याउन दूतावासले स्थानीय समयअनुसार विहान ५ बजे बस पठाएको हो।

uhan student2 fagun3

उनीहरुलाई साँझ ६ बजेसम्म उहान ल्याइसक्ने नेपाली दूतावासले जनाएको छ। ‘सरकारको निर्णयअनुसार कोरोना भाइरस प्रभावित हुबेईका नेपालीहरुको उद्धार गर्न त्यहाँका विभिन्न ५ वटा सहरमा ५ वटा बस पठाएका छौं,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील कुमार लम्सालले भने, ‘उहानबाट ती सहरहरु ७-८ घन्टासम्मको दूरीमा पर्छ।’

उहानमा रहेका नेपालीहरु भने आफैँ विमानस्थल पुग्नेछन्। दूतावासका अनुसारका उहानका ६४ जना, इछानका ५ जना, सियानका २८ जना, इन्सीका २९ जना, जिङमेनका ९ जना र जिङ्‍घोका ५० जना उद्धारको पर्खाइमा छन्।

uhan student2 fagun3

तस्बिर: हुबेई प्रान्तकाे इन्सी र जिन्झाउ सहरमा बस कुर्दै नेपाली।