सिजी ल्यान्डमार्क भ्यालेनटाइन डेमा ग्राहक खुसी बनाउदै, सांगीतिक प्रस्तुतिमा दर्शक झुमे (फोटोफिचर)

 

चितवन : भ्यालेनटाइन डे अर्थात प्रेम दिवसको अवसरमा आज भरतपुरस्थित अत्याधुनिक एवं सुविधा सम्पन्न व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा दर्शकहरु झुमेका छन् ।

अन्जु रानामगर लगायत स्थानीय ब्यान्ड ग्रुप ब्रदर हुड र ट्र्यांगलको लाइभ सांगीतिक प्रस्तुतिमा यहाँ दर्शकहरु झुमेका छन् । सिजी ल्यान्डमार्कले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहक, शुभचिन्तक लगायत सम्पूर्ण चितवन बासीलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।    
महल कल्चरमा अव्यस्त बनिरहेका चितवनवासी चाहानलाई मध्यनजर गदै विभिन्न समयमा यहाँ सास्कृतिक र सांगितीक कार्यक्रमलाई निरन्तरता दिएको ल्यान्डमार्कका म्यानेजर उज्ज्वल केसीले बताए । जसका अन्य समयको तुलनामा यहाँ प्रेम दिवस मनाउने र सपिगं गर्नेहरुको भिड लागेको छ ।

विविध सागीतिक कार्यक्रममज्जाका फरक फरक व्राण्डका सामान किन्नेहरुको घुईचो बढेकोउनले जानकारी गराए ।  चितवनको मुख्य व्यापारीक केन्द्र भरतपुर हाईटमा रहेको सीजी ल्याण्डमार्क प्रेम दिवसको अवसरमा धपकै बलेको थियो । जिल्लाको एक माज्ञ सुविधा सम्पन्न सपिगं महलका कारण पनि चर्चामा रहेको यहाँको आकर्षक सजावटले सबै ध्यान समेत तानेको थियो ।

आज र भोली गरि यहाँ रोमाञ्चक सांस्कृतिक कार्यक्रमहरु गरेर सिजील्यान्डमार्कमा प्रेम दिवस आफ्ना ग्राहकवर्गहरुको खुसीसगौ मनाउन सुरु गरेको ल्याण्डमार्कका प्रवन्धक उज्जवल केसीले जानकारी दिए । उनले यस अवसरमा विभिन्न छुटका प्याकेजहरु पनि छुट दिएको बताए ।

मल घुम्न आउने प्रेमि जोडी र सर्वसाधारणलाई मनोरञ्जन दिलाउन बालबालिका, महिला र पुरुषको विन्डर फेसन पनि आयोजना गरिस्एको उनले जानकारी दिए । भ्यालेन्टाइन लभ डान्स, युगल डान्स र किड डान्स हेर्न पाइने मलमा दर्शकलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान सो अवसरमा गरिएको थियो ।

दुई दिनसम्म चल्ने सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको मज्जा निशुल्क रुपमा गराएका हो । अत्याधुनिक तथा सुविधा सम्पन्न सिजी ल्यान्डमार्कमा विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमा हल लगायत सुविधा छन् ।