भरतपुरमा मेयर रनुको अर्को जनमुखी काम : सुत्केरी महिलाको लागि निः शुल्क एबुलेन्स सेवा सुरु

 

चितवन : चितवनको भरतपुर महानगरपालिकाले विकाससगैँ विभिन्न जनमुखी कामलाई तीव्र पारेको छ । नगरवासीको सडक विस्तार गराउने अभियान सबैभन्दा अग्रस्थान रहेको महानगरमा मेयर रेनु दाहालले फेरि अर्को जनप्रिय निर्णय गरेकी छिन् । उनले अब महानगरको आफ्नो वडा भित्र सुत्केरी हुने महिलाको लागि निः शुल्क एमबुलेन्स सेवा सुचारु गरेको छ ।

२०७६ मा स्वीकृत भएको कार्यविधि अनुसार भरतपुर महानगरपालिकाले एम्बुलेन्स यातायात खर्च उपलब्ध गराएको आज महानगरका प्रमुख प्रशासकीय अधिकृतले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाको वार्षिक नगर विकास योजना अन्तर्गत स्वास्थ्य तर्फ ५९ मा सुत्केरी हुने महिलाका लागि निः शुल्क एम्बुलेन्स यातायात खर्च शिर्षकमा रकम विनियोजन गरेको हो ।

सो रकम पाउनको लागि भरतपुर महानगरपालिकाभित्र रहेको नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा दक्ष प्रसुतीकर्मीको प्रसुती सेवा लिएको हुनुपर्नेछ । महानगरपालिका भित्रको स्थायी बासिन्दा हुनुपर्नेछ । यसअघि मेयर रेनु दाहालले आफ्नो पदभार ग्रहणसगैँ मध्य नेपालकै व्यस्त भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकहरुलाई निशुल्क ओपिडी टिकट व्यवस्था गरिएको थियो । हेरौँ नगरले जारीको