मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा चलचित्र पत्रकार विजयी

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सेन्टिभाइरस चलचित्र टिम र चलचित्र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको छ ।
प्रतियोगितामा चलचित्र पत्रकार संघले सेन्टी भाइरस चलचित्रको टिमलाई हराएको छ । रंगशालामा आज बिहान भएको सो प्रतियोगितामा टस जितेर चलचित्र पत्रकार संघ नेपालले फिल्डिङ रोजेको थियो ।
ब्याटिङको निम्ता पाएको सेन्टी भाइरस चलचित्रको टिमले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा अल आउट हुँदै १३६ रनको योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा उत्रिएको चलचित्र पत्रकारहरुले १५ ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेका थिए ।
पत्रकारको जीतका लािग खगेन्द्र बुढाथोकीले ६४ रनको योगफल तयार पार्दै चार विकेट लिएका थिए । धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टीभाइरसको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले मैत्रीपूर्ण क्रिकेट खेलिएको सीताराम कट्टेलले बताए । चलचित्रबाट प्राप्त भएको नाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रयोग गरिने उनको भनाइ छ ।