‘ठूला मिडियामा विज्ञापन एजेन्सीकाे निर्देशनमा लेखिन्छ समाचार’

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आजभोली ठूला सञ्चार माध्यामहरूले आफ्नाे पार्टीका समाचार लेख्न छाेडेकाे बताउनुभएकाे छ । २५ औँ जनयुद्ध दिवसमा नेकपा सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको शहिद स्मृती कार्यक्रममा बाेल्दै गजुरेलले मिडियाहरुले पनि विज्ञापनको लोभमा विज्ञापन एजेन्सीहरुको निर्देशन अनुसार जथाभावी  समाचार लेख्न थालेकाे बताउनुभयाे ।

गजुरेलले भन्नुभयो ‘हामी आफैले स्थापना गरेका मिडियाहरुले पनि विज्ञापनको लोभमा विज्ञापन एजेन्सीहरुको निर्देशन अनुसार जथाभावी हाम्रै विरुद्धमा समाचार छाप्ने गरेका छन् ।’ ‘नेपालका ठूला भनिएका ‘बिग मिडिया हाउस’ वैदेशीक लगानीमा सञ्चालित छन् ।

ठूला भनिएका मिडियाहरुको भित्री चाहाना भनेको ‘सरकार, कम्युनिष्ट पार्टी र व्यवस्थालाई नै असफल बनाउने एजेन्डा कार्यान्वयन गर्ने हो, त्यसैले बिग मिडियाहरुले हाम्रो समाचार लेख्दैनन् । बरू उनीहरूले हाम्रो अहिलेको व्यवस्था परिर्वतन गराउनको लागि विभिन्न माध्यमबाट आक्रमण गरिरहेका छन्, उहाँले भन्नुभयाे