नेपालको पहिलो अम्ब्रेला स्ट्रीट आज प्रचण्डद्धारा उद्धघाटन हुदै (फोटोफिचर)

 

चितवन : पश्चिम चितवनको पर्यटकीय मुटु पटिहानीमा आजदेखि प्रथम पटिहानी फुड फेष्टीबलसगैँ नेपाल मै पहिलो पटक अम्ब्रेला स्ट्रीटको शुभारम्भ हुने भएको छ । भने पर्यटन प्रर्वद्धनका लागि भिजिट नेपाल २०२० लाक्षित गरि दुई बर्ष अगाडीबाट यहाँ निर्माण थालिएको अम्ब्रेला स्ट्रीट समेत उद्धघाटन गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ , पटिहानीमा घटगाईको निर्माण भएको अम्ब्रेला स्ट्रीट र फुड फेष्टिवलको पूर्व प्रधामन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको वडा अध्यक्ष विष्णु महत्तोले जानकारी दिए ।

३ करोड लागतमा निर्माण भएको स्ट्रीटले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उनको विश्वास समेत छ । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४सय ८० वटा ठुला फाइवरका छाता रहेका छन । दुईवटा फुडकोर्ट सहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ्ग पोइन्ट , सेल्फीगेट,वाटर फाउण्टेन , पार्किङ्ग,महिला रहेका छन । हिडेर अम्ब्रेला स्ट्रीट भित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र कुनै सवारी साधन गुडाउन पाइने छैन । यहाँ ९० मिटरको लम्बाइमा छाताहरु लहरै राखिएको छातासहित वन र वन्यजन्तु संरक्षण र नेपाली कलासंस्कृति झल्कने वाल पेन्टिङ थप आकर्षण रहेका छन ।

स्ट्रीटको शुभारम्भ अघि ५ हजार मिटरको दौड प्रतियोगिता, नारायणगढ देखि स्ट्रीटसम्म साइकल रेस प्रतियोगिता, गरिनेछ । फेष्टीबल अवधिभर पर्यटन प्रर्वद्धनका लागि पर्यटन प्रर्बद्धन सम्बन्धी अन्र्तक्रिया ,स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । स्थानीय थारु, बोटे,दराई संस्कृतिको परिकार रहने उक्त फेष्टीबलमा २० वटा स्टल रहने प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी गराए ।