भारत : ९० यात्रु सवार बस ट्रकसँग ठोक्कियो, १६ को मृत्यु, ३५ घाइते

काठमाडौं : भारतस्थित दिल्लीबाट बिहारतर्फ जाँदै गरेको स्लिपर बस आगरा–लखनऊ एक्सप्रेस वेमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।सोही दुर्घटनामा परी ३५ जना घाइते भएका छन् ।

बुधबार अबेर राति उक्त दुर्घटना भएको भारतीय मिडियाले जनाएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बसमा ९० यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

हाइवेमा गुडिरहेको बस आँफै अनियन्त्रित भइ ट्रकको पछाडिबाट ठोक्किएको थियो । भारतीय प्रहरीका एडीजी जोन अजय आनन्दका अनुसार बसको अगाडिपट्टीको भाग क्षतविक्षत भएको छ ।