नेपालकै पहिलो अम्ब्रेला स्ट्रीटको प्रचण्डद्धारा उद्धघाटन हुदै, भोलीदेखि पटिहानीमा फुड फेष्टीबल सुरु हुने (भिडियो)

चितवन : पश्चिम चितवनको पर्यटकीय मुटु पटिहानीमा भोलीदेखि प्रथम पटिहानी फुड फेष्टीबलसगैँ नेपाल मै पहिलो पटक अम्ब्रेला स्ट्रीटको शुभारम्भ हुने भएको छ । भने पर्यटन प्रर्वद्धनका लागि भिजिट नेपाल २०२० लाक्षित गरि दुई बर्ष अगाडीबाट यहाँ निर्माण थालिएको अम्ब्रेला स्ट्रीट समेत उद्धघाटन गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ , पटिहानीमा घटगाईको निर्माण भएको अम्ब्रेला स्ट्रीट र फुड फेष्टिवलको पूर्व प्रधामन्त्री तथा नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको वडा अध्यक्ष विष्णु महत्तोले जानकारी दिए ।

पटिहानीमा पर्यटकलाई नयाँ अार्कषण

Gepostet von Sauraha online am Mittwoch, 12. Februar 2020

मुलुकको नयाँ पर्यटकीय गन्तव्य मध्ये एक रहेको पटिहानीमा अम्ब्रेला स्ट्रीटको उद्धघाटनसगैँ पर्यटन प्रर्वद्धनका लागि फुड फेष्टिवल समेत गर्ने परम्परा थालिएको वडा अध्यक्ष महत्तोले बताए ।
३ करोड लागतमा निर्माण भएको स्ट्रीटले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उनको विश्वास समेत छ । वडा वडा अध्यक्ष बिष्णुराज महत्तोका अनुसार संस्कृति तथा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बाट १ करोड , भरतपुर महानगरपालिकाबाट डेढ करोड र सोही वडाबाट ५० लाख गरी ३ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

पटिहानी फुड फेष्टिवल 2020 पत्रकार सम्मेलन

Gepostet von Sauraha online am Mittwoch, 12. Februar 2020

उनका अनुसार अम्ब्रेला स्ट्रीटको शुभारम्भ फुड फेष्टिबलका साथ गरिनेछ । नेपालमै पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रीट, अम्ब्रेला स्ट्रीट , ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रीटको निर्माण गरिएको उनले बताए ।
‘विश्व पर्यटनको अभ्यासमा समेत अम्ब्रेला स्ट्रीट र वाकिङ्ग स्ट्रीट जस्ता पर्यटकीय केन्द्रमा पर्यटकको आर्कषण बढेकोले अम्ब्रेला स्ट्रीटको निर्माण गरिएको हो’ उनले भने । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४सय ८० वटा ठुला फाइवरका छाता रहेका छन । दुईवटा फुडकोर्ट सहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ्ग पोइन्ट , सेल्फीगेट,वाटर फाउण्टेन , पार्किङ्ग,महिला रहेका छन । हिडेर अम्ब्रेला स्ट्रीट भित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र कुनै सवारी साधन गुडाउन पाइने छैन । यहाँ ९० मिटरको लम्बाइमा छाताहरु लहरै राखिएको छातासहित वन र वन्यजन्तु संरक्षण र नेपाली कलासंस्कृति झल्कने वाल पेन्टिङ थप आकर्षण रहेका छन ।

स्ट्रीटको शुभारम्भ अघि ५ हजार मिटरको दौड प्रतियोगिता, नारायणगढ देखि स्ट्रीटसम्म साइकल रेस प्रतियोगिता, गरिनेछ । फेष्टीबल अवधिभर पर्यटन प्रर्वद्धनका लागि पर्यटन प्रर्बद्धन सम्बन्धी अन्र्तक्रिया ,स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । स्थानीय थारु, बोटे,दराई संस्कृतिको परिकार रहने उक्त फेष्टीबलमा २० वटा स्टल रहने प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी गराए ।

फेष्टिबलमा आउने दर्शक एवं पर्यटकको लागि स्वस्थ र अर्गानिक परिकार खुवाउने उद्धेश्य सहित पर्यटन बर्ष अवधिभर त्यहांँ रहेका होटलमा १५ प्रतिशत छुट र आवासमा २० प्रतिशत छुट गरिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले जानकारी दिए । यहांँ पर्यटकीय स्तरका १ दर्जन होटल, र दुईदर्जन साना होटल र रिसोर्ट सञ्चालनमा छन ।

चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुंगा सफारी , जंगल सफारी गर्न पाउनुको साथै घडियाल प्रोजेक्ट, गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सक्दछन ।