चितवनमा केबीए ग्लोबलको अष्ट्रेलियामा बिजनेश भिसा सहित पिआर लिन चाहनेहरुका लागि सेमीनार हुदैं

 

चितवन : अष्ट्रेलिया धेरैका लागि सपनाको देश हो । पछिल्लो समयमा अष्ट्रेलियामा दिन दुई गुना रात चौगुनाका हिसावले नेपालीहरुको संख्या बृद्धि हुदै गईरहेको छ । बिशेष गरी अध्ययनका लागि जाने विद्यार्थी निकै ठूलो परिणममा छन् । तर, पछिल्लो समय अष्टेलिया सरकारले विद्यार्थी भिसामा मात्रै नभएर बिभिन्न अन्य भिसाहरुमा समेत नेपालीहरुलाई अष्टेलिया जाने बाटो खुल्ला गरीदिएको पाईन्छ । त्यसैले त अष्टेलियाभर करीव डेढ लाखको संख्यामा नेपाली रहेको अनुमान तथा बिभिन्न तथ्यांकले देखाएको पाईन्छ ।

पछिल्लो समय अष्टे«लियन सरकारले विश्वका बिभिन्न मुलुकका नागरीकका लागि बिजनेश भिसा समेत खुल्ला गरीरहेको छ । अहिले पनि अष्ट्रेलियाले बिजनेश भिसा खुल्ला गरेकोमा भिक्टोरीया र वयेष्ट्रेन अष्ट्रेलियामा कोटा पूरा भएपनि अन्य राज्यहरुमा बिजनेश भिसामा गई पिआर लिन चाहनेहरुका लागि भने खुल्ला नै छ । यसका लागि नेपालमा कम्तीमा २ बर्ष कुनै पनि बिजनेश चलाएर बसीरहेको र अष्ट्रेलियामा लगानी गरेर पिआर लिन चाहनेहरुका लागि यो भिसा खुल्ला रहेको केबीए ग्लोबलका प्रिन्सीपल तथा माईग्रेसन एजेण्ट शम्भु कडेलले बताउनु भयो । अष्ट्रेलियाको नर्दन टेरोटरी सरकारसँगको सम्वन्वयमा केवीए ग्लोबलले काठमाण्डौ, बुटवल र चितवनमा अष्ट्रेलीयन बिजनेश भिसा सेमीनारको आयोजना गर्न गईरहेको छ । फेबुअरी १४ मा काठमाण्डौं, १५ मा बुटवल तथा १६ मा चितवनमा केवीए ग्लोबलले सेमीनारको आयोजना गर्न गईरहेको केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसनका बिजनेश डेभलपमेन्ट ग्लोबल हेड रोशन क्षेत्रीले बताए ।

सेमीनारमा अष्ट्रेलीयाको नर्दन टेरीटरी सरकारका माईग्रेसन म्यानेजर रिचर्ड फो र केबीए ग्लोबलका प्रिन्सीपल तथा माईग्रेसन एजेण्ट शम्भु कडेलले सम्बोधन गर्नु हुनेछ । केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसनका बिजनेश डेभलपमेन्ट ग्लोबल हेड रोशन क्षेत्रीले भने अहिले पनि बिजनेश भिसामा पिआर लिन चाहनेहरुले अष्ट्रेलीयामा धेरै ठूलो लगानी नगरी र नेपालमा आफुले गरीरहेको पेशा ब्यवसायको २ बर्षको प्रगती बिवरण बुझाउनु भएको खण्डमा बिजनेश भिसा सहितको पिआर लिन सक्नुहुन्छ । त्यसका लागि केबीए ग्लोबलको काठमाण्डौं, चितवन,पोखरा, बनेपा, नारायणगढ, नेपालगंज लगायतका शाखाहरुमा सम्पर्क गर्न सकिने र सिधै केबीए ग्लोबल मार्फत आफुलाई सम्पर्क गरेर फाईदा लिन हुन सबैमा अनुरोध समेत गर्नु भएको छ ।

बिगत लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो । हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालयले नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् । यसरी बिजनेश भिसा लिन चाहनेहरुले केबीए ग्लोबलको फेसबुक पेजमा गएर वा केबीए ग्लोबलका बिजनेश डेभलपमेन्टका ग्लोबल हेड रोशन क्षेत्रीसँग सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।