शिक्षामा वडा अध्यक्ष दाहालको सक्रियता : बछौली माविका विद्यार्थीलाई पोशाक वितरण (भिडियो)

 

चितवन : पूर्वी चितवनको पर्यटकीय नगरी सौराहासगैँ रहेको बछौली माविमा अध्यनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विगत ३ बर्ष देखि वडाको सबैभन्दा पुरानो शैक्षिक संस्था बछौली माविको शैक्षिक स्तर वृद्धिका लागि रत्ननगर वडा ६ ले थालेको शैक्षिक अभियान अन्र्तगत यस बर्ष पनि वडाबाट विनियोजित रकमबाट विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

शिक्षा नै सबैभन्दा ठुलो विकासको आधार हो वडा अध्यक्ष दाहालले भने, वडाले शिक्षा र स्वास्थ्यमा जोड दिदै सरकारी विद्यालयमा आर्कषण बढाएको छ

एक समारोहका विच नगर शिक्षा अधिकारी बद्री नारायण शर्मा, वडा दाहाल र विद्यालयका प्रधानाध्यापक शिवराज मरहठठ्ले विद्यार्थीहरुलाई ट्याक सुट पोशाक प्रदान गरेका थिए । सोही अवसरमा निजी विद्यालय सरह हरेक सुविधा र शैक्षिक गुणस्तरलाई ध्यानमा दिदै वडामा सरकारी स्कुल शिक्षा बजबुत बनाउने प्रतिवद्धता दाहालले जनाए । सो अवसरमा विद्यालयको कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पोशाक दिईएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य झंकराज काफ्ले र ओमप्रकाश काफ्लेको आर्थिक सहयोगमा पोशाक वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत विपन्न र गरीब बालबालिकालाई पोशाक वितरण गरिएको जनाइएको छ । विद्यालयले दिएको जानकारी अनुसार ६२ हजार पाँच सय रूपैयाँ बराबरको पोशाक वितरण गरिएको हो । विद्यालयमा एक कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत छात्र–छात्रालाई पोशाक वितरण गरिएको विद्यालयले बताएको छ ।
पोशाकका लागि आर्थिक सहयोग गर्ने झंकराज र ओमप्रकाश विद्यालयका संस्थापक अध्यक्ष लिलाराम काफ्लेका छोराहरू हुन् । विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका थिए ।

.