‘फुड फेष्टिवल सौराहाको ब्राण्ड नै बनिसक्यो’, पर्यटक भित्र्याउने माध्यम हो’ : रेवान अध्यक्ष दिपेन्द्र

प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसर पारेर मंगलवारबाट सुरु भएको खाना महोत्सव फागुन ३ गते शुक्रबारसम्म चल्नेछ । पर्यटन वर्ष सन् २०२० लाई सार्थक बनाउँदै समग्र सौराहाको प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको हो ।

सौराहाका विभिन्न विशेषता र मौलिक खानाको समिश्रणका रुपमा महोत्सवलाई व्याख्या गरिएको छ । समग्रमा महोत्सवको गतिविधिका सम्बन्धमा १४ औँ सौराहा फुड फेष्टिवल आयोजक संस्था क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेपः

सौराहा फुड फेष्टिवलको १४ औं संस्करणसम्म आइपुग्दा कस्तो अनुभव पाउनु भएको छ ?
१४ आंै संस्करणसम्म आइपुग्दा हामीले मेला महोत्सवका माध्यमबाट पर्यटकीय नगरी सौराहाको प्रवद्र्धन गर्न सकिन्छ भन्ने सिकेका छौँ । अनुभव र भोगाइ नै ठुलो सिकाइ हो । अहिले नेपालमा आएका कुल पर्यटकको २२ प्रतिशतमात्र पर्यटक सौराहा आए । आन्तरिक, बाह्य तथा स्तरीय खालका पर्यटन भित्राउन चाहान्छौँ । यो प्रतिशतलाई हामी बढाउन चाहन्छौँ । यसैको गृहकार्य फुड फेष्टिवल हो । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहालाई चिनाउन र भ्रमण बर्ष सफल बनाउन यो फेष्टिवल महत्वपूर्ण हुने छ ।
फेष्टिवलको माध्यमबाट स्थान प्रर्वद्धन कसरी गर्न सकिन्छ ?
सौराहाको पर्यटनसम्बन्धी गतिविधिलाई चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई सौराहा भित्र्याउन फेष्टिवलले मद्दत गर्दछ । वास्तवमै सौराहा प्राकृतिक र सास्कृतिक विविधताले भरिपूर्ण छ । यहाँको हात्ती सफारी, जंगल सफारी, डुङ्गा सयर, थारु परम्परा पर्यटकका लागि केन्द्रमा रहन्छन् । फेष्टिवलले यिनै सौराहाका महत्वपूर्ण आयामलाई निरन्तरता दिएको छ । ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल नाराका साथ सौराहालाई महोत्सवमय बनाउन यसले भूमिका खेलेको छ । हामीले फेष्टिवलमा थारु संस्कृति झल्कनेदेखि अन्य विभिन्न जातजाति, भेषभुषालाई प्रवद्र्धन गरेका छौँ, त्यसकारण यो सौराहाको प्रवद्र्धन र समग्र नेपालको चिनारीका रुपमा स्थापित भएको छ । यसले सौराहाको पर्यटन प्रवद्र्धनमा पक्कै पनि टेवा पु¥याएको छ ।
यो संस्करणको मुख्य विशेषता के हो ?
पहिलो त यहाँको विविधताको झल्को दिने थारु घर र थारु परिकार नै हुन् । प्राकृतिक सौन्दर्यतालाई झल्काउने आकर्षक गेट, प्लास्टिक मुक्त महोत्सव पनि आकर्षण हो । मौलिकताका खाना र सांस्कृतिक प्रवद्र्धन सहितका प्रस्तुति दर्शकको मनोरन्जनका माध्यम हुन् । सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न झाँकी प्रदर्शन गरिने छ । रेस्टुरेन्टका कर्मचारीबीच वेटर रेस प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, नगरस्तरीय भलिवल प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
कति आर्थिक कारोवारको अपेक्षा गर्नु भएको छ ?
फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने अनुमान छ । ५ दिनसम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अपेक्षा हामीले गरेका छौँ । फेष्टिवल परिसरभित्र विशेष प्रदर्शनीसहित ५० वटा खानाका स्टल हुनेछन् । जसमा खानका पारखी अवलोकनकर्ताले आफ्नो चाहना अनुसारको स्वाद लिन पाउनुहुनेछ । यो संस्करणको महोत्सवमा मूल्यसूचीलाई व्यवस्थित गरी एकरुपता ल्याउन कडाई गरिने छ ।