पाँचौ क्यान ईन्फोटेक मेला सकियो, प्रविधिमा ठुलो फड्को मारेको दावी (भिडियो)

 

चितवन : चितवनमा जारी पाँचौ प्रभु पे क्यान ईनफोटेक मेलामा ८० हजार भन्दा बढीले अवलोकन गरेका छन् । गत माघ २४ गतेबाट कम्प्युटर एसोसियन महासंघ क्यान चितवनले आयोजना गरेको मेलाको समापन भरतपुर महानगरपालिकाकी उप मेयर पार्वती शाहाले गर्नू भएको हो ।

मेलाको पाँचौदिन आज रोबोटिक्स बिचको फुटबल प्रतियोगिताको सम्पन्न सँगै पुरस्कार बितरण कार्यक्रम गरिएको कम्प्युटर एसोसियसन महासंघ चितवनका उपाध्यक्ष दिलिप तामागंले जानकारी दिए ।

चितवनको समृद्धि सुचना प्रबिधि भन्ने उद्देश्यकासाथ सञ्चालन भएको मेलामा साईबर सुरक्षा सम्बन्धि अन्तरक्रिया, आइटीसम्बन्धी अन्तरक्रिया कार्यक्रम, डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, बिद्यालय स्तिरिय नितृय प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना गरिकएको थियो ।

मेलाको अन्तिम दिन आज समपन्न भएको रोबोटिक्स बिचको फुटबल प्रतियोगितामा बालमिकि कलेजका २ समुह प्रथम र दित्तिय भएभने अक्सफोर्ड कलेज तितृय भएको लामिछानेले जानकारी दिए ।

कम्प्युट एसोसियन क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुषालको अध्यक्षताम समपन्न भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी उप मेयर पार्वती शाहा, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडाल, क्यानका केन्द्रिय सदस्य भानु शर्मा लगाएतले मनतब्य राखेको थिए ।

प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वर्डलिङ्क नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएको थियो ।