संरक्षणले फेरिएको बाघमारा वन, संरक्षणसगैँ जनमुखी सामाजिक विकासमा सक्रिय (भिडियो)

चितवन : पूर्वी चितवनको रत्ननगर ७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह संरक्षणका लागि आम्दानीको हिसाबले नेपालकै नमुना बनेको छ । पर्यापर्यटनका अब्बल बनेको यस वनलेृ पर्यटक घुमेकै कारण बार्षिक आम्दानी ३ करोड आठ लाख ७५ हजार आठ सय ५९ रुपैयाँ गर्न सफल समेत बनेको छ । यो जिल्लाको गाउँपालिका र नगरले आम्दानी गर्ने भन्दा बढी छ ।

वनको १४ औँ बार्षिक साधारणसभामा आम्दानी अनुसार आफ्ना उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ हुने गरि काम गर्दै आएको अध्यक्ष जीतु तमागंले जानकारी गराए । सो वनले सरकारले गर्दै आएका विभिन्न कामहरु गर्ने गरेको छ ।

बाघमारा बनका सचिव कृष्ण भटट्का अनुसार वन संरक्षण, सिसार वयवस्थापन, घाँसे मैदान निर्माण र चोरी शिकारी नियन्त्रणयासगैँ सुत्केरी पोषण अनुदान, जेष्ठ नागरीक सम्मान, एकल महिला सम्मान, स्वास्थ्य बीमा, सुधारिएको चुलो, सोलार जडानमा अनुदान, किरियाका लागि लाग्ने दाउराको खर्च, बिवाहका लागि दाउरा, भ्याक्सिनेसन, बालीनाली क्षतीपूर्ती आदीमा खर्च गर्ने गरेको छ ।

यस्तै कालोपत्रे निर्माणका लागि अनुदान, शैक्षिक गुणस्तर वृद्धीका लागि सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान, टोल विकासको लागि छुट्टै अनुदानको व्यवस्था गर्दै आएको वनका अध्यक्ष जीतु तामाङले बताए । वनको मुख्य आम्दानीको श्रोत डुंगा संचालन र हात्ती प्रवेशबाट संकलन भएको रकमले प्रत्यक्ष उपभोक्ता र समुदयको हितमा लगानी गर्दै आएको छ । हाम्रो संस्था मुनाफा बाड्ने गर्दै अध्यक्ष तामाङले भने ‘आम्दानी भन्दा बढी खर्च समुदायकै हितमा लगानी गर्दै आएको छौ’ ।

आम्दानी अनुसार सामाजिक विकास कार्यक्रममा खर्च गर्दै आएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा आम्दानी गरेको ३ करोड ८ लाख मध्ये डेढ करोड भन्दा वढि रकम सामाजिक विकास कार्यक्रममा खर्च गरिएको वनका अध्यक्ष जीत वहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार गत वर्ष १ करोड ६२ लाख रुपैया सामुदायिक विकास कार्यक्रममा खर्च भएको छ ।

कुल आम्दानी मध्ये ५४ लाख ८४ हजार रुपैया वन व्यवस्थापन, पर्यापर्यटन प्रवद्र्धन कार्यक्रममा ३४ लाख २१ हजार रुपैया खर्च गरेको अध्यक्ष तामाङले वताए ।
गत वर्ष सो वनले डुंगा संचालनबाट १ करोड ४० लाख ९१ हजार, हात्ती प्रवेश वापत ८७ लाख ११ हजार,सरसफाई शुल्कबाट ११ लाख २९ हजार, संरक्षण शुल्कबाट ५२ लाख ७९ हजार,मचानको आम्दानीबाट १ लाख ६४ हजार लगायतबाट ३ करोड ८ लाख ७५ हजार रुपैया आम्दानी गरेको वनका अध्यक्ष तामाङले वताए । वनका सचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आसामान लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्यापर्यटनमा अब्बल यसको अनुसरण सबैले गर्नुपर्ने भन्दै वन अब पष्र्यटनमा विविधिकरण गर्नुपर्नेमा जोड दिए

कार्यक्रममा वागमती प्रदेश साँसद कृष्ण प्रसाद खनाल,रत्ननगर नगरपालिका प्रमुख नारायण वन,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती,नेकपा रत्ननगरका अध्यक्ष केपी लामिछाने,नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे,रत्ननगर ७ का वडाध्यक्ष राजन भट्ट,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुंगाना,युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,वनका उपाध्यक्ष सिताराम महतो लगायतले मन्तव्य राखेका थिए ।
सोही अवसरमा वन सेवा क्षेत्र भित्र रहेका विभिन्न विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत,उत्कृष्ट कर्मचारी सन्तकुमार चौधरी,युनाईटेड हात्ती संचालन सहकारी संस्था,संरक्षणकर्मीहरु शंकर चौधरी,रुकमणी रिमाललाई सम्मान गर्नुका साथै घरवार विहीन अवस्थामा रहेका भुखला महतोलाई घर निर्माण गरेर हस्तान्तरण समेत गरिएको थियो ।