क्यान मेलाको तेश्रो दिन : रोबोटहरु विचको रोमान्चकारी फुटबल

चितवन : चितवनको लायन्यचोकमा जारी सुचना प्रविधि क्यान ईन्फोटेक मेला आज पनि जारी रहनेछ । मेलाको तेश्रो दिन धुर्मूस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र गुन्जना घिमिरे सुन्तलीको बिशेष उपस्थिती रहेने क्यान चितवनका उपाध्यक्ष दिलिप तामागंले जानकारी दिए । भने आज नै रोबोटहरु विचको रोमान्चकारी फुटबल प्रतियोगिता हेर्न इन्फोटेक परिसर लायन्स चोकमा, साइबर सिक्युरिटी सेमिनार होटेल रेड कार्पेट लायन्स चोकमा ११ बजे र स्कुल स्तरीय वाल नृत्य प्रतियोगिता १२ बजेदेखि सुरु हुने उनले बताए ।

प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वर्डलिङ्क नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

झण्डै ९० स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ३० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ तोकिएको छ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ ।