स्वस्थानी व्रत आज समाप्त हुँदै, यस्तो देखियो शालीनदी (फोटोफिचर)

काठमाडौं : पौष शुक्ल पूर्णीमाबाट सुरु भएको श्री स्वस्थानी व्रतकथा आज समाप्त हुँदैछ । स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ ।

स्वास्थानी व्रत बस्नाले शान्ति, सुःख, समृद्धी अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ स्वस्थानी माताको पूजा अर्चना गर्नुपर्ने वैदिक मान्यता छ ।

महिनाभरी एकछाक मात्र फलाहार खाएर स्वस्थानी माताको श्रद्धापूर्वक व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना गरी आज व्रत समाप्त गर्दैछन् ।

स्वस्थानी व्रतकथा चलुन्जेल काठमाडौंस्थित शालीनदीमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ । सो स्थान स्वस्थानी व्रतकथामा पनि वर्णित भएकाले त्यहाँ यस अवसरमा घुइँचो लाग्ने गरेको हो ।  शालीनदीमा श्रद्धालुहरुको पूजा अर्चनाका केही तस्बिरहरु ।