वडा अध्यक्ष वलरामको नयाँ कदम : जेष्ठ नागरिकलाई मनकामना दर्शन (भिडियो)

 

चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ ले नगरमा नै पहिलो पटक जेष्ठ नागरिकहरुको मागलाई सम्बोधन गरेको छ । स्थानिय सरकारको रुपमा वडामा नयाँ अध्यक्ष आएसगैँ मन ईच्छा पुरा गर्ने मनकामना माताको दर्शन गर्ने जेष्ठ नागरिक चाहानलाई वडा अध्यक्ष वलराम दाहालले पुरा गरेका छन् । सोही अभियान अन्र्तगत वडा अध्यक्ष दाहालले आज आफ्ना वडाका ६८ जना जेष्ठ बुबा आमालाई मनकामना दर्शन गराएका छन् ।

सबै आफ्ना काम व्यस्त छन् वडा अध्यक्ष दाहालले भने, घर बुबा आमाको कुरा सुन्ने र उहाँहरुको चाहान वमोजिम मन्दिर दर्शन गराउने फुर्सद कमलाई मिलि रहेको अवस्थामा सबैको मागलाई सम्बोधन गरेर मनकामना दर्शन गराएका हौँ ।

यस्तै दाहालले जेष्ठ नगारीकको सम्मान र मागमा वडाले कुनै कसर बाकी नराख्ने बताउदै आगामी बर्ष पनि यस अभियान जारी राख्ने बताए । उनले भ्रमण टोलीका सबैलाई बधाई दिनुहुदै अझ विकासको लागि नगरलाई जेष्ठ नागरिकको आशीर्वादको खाचो रहेको बताए ।

जेष्ठ नागरिकको मुल्य घट्दै गएको अवस्थामा रनपा वडा कार्यालय ६ ले आफुहरुको सम्मान गरेर नयाँ सन्देश दिएको स्थानिय बुटनी थरुनीले बताईन् । सो अवसरमा सहभागी ६८ जना जेष्ठ नागरिकहरु मनकामना दर्शन अत्यन्तै फलदायी भएको र टोली सहजकर्ता सबैले अत्यन्तै हेरचाह गरेर यात्रा गराएको भन्दै खुशी व्यक्त गरेका थिए  भम्रण टोलीमा वडा अध्यक्ष दाहालसहित वडा सदस्य किरण महत्तो, केशरी माया सुनार, कार्यालय सचिव रमेश ताम्राकारसहितको सहभागी थियो ।