अग्रवाल परिवारद्धारा क्रिकेट रंगशालालाई ५ लाख ५५ हजार बढी नगद सहयोग (फोटोफिचर)

 

चितवन : चितवनका सफल व्यवसायी तथा समाजसेवी उमा शंकर अग्रवालले भरतपुर रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छन् । आफ्ना युवा व्यवसायी चन्दन र रन्जन अग्रवाल दुइ छोराहरुको साथ रंगशालामा आयोजित महायज्ञमा आज ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहयोग प्रदान गरेका हुन् ।

उक्त रकम अग्रवालले महायज्ञ आयोजक समितिका संयोजक विजय सुवेदीलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै अग्रवालले जनस्तरको पहलमा बन्न लागेको रंगशालामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । अग्रवाल विभिन्न १ दर्जन बढी सामाजिक संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय छन् । उनी जिल्लामा नै हरेक दिन दुःखीलाई सहयोग गर्ने व्यक्तिका रुपमा पनि परिचित छन् ।