टिकौली वन संरक्षणपछि मनग्य आम्दानी र अनुदान (भिडियो)

चितवन : पूर्वी चितवनको रत्ननगर ९ रहेको टिकौली मध्यवर्ती सामुदायिवक वन समुहले पर्यापर्यटन र वन संरक्षणबाट मनग्य आम्दानीसगैँ राम्रो अनुदान पाउन सफल भएको छ ।

विगत लामो समयदेखि संरक्षणमा सक्रिय यहाँ उपभोक्ताहरुको वन वन्यजन्तु संरक्षणको लगावकै कारण वनको आम्दानी झण्डै १ करोड १२ लाख ५७ हजार ९ सय ९० रुपैयाँ हुन पुगेको छ ।

भने वन आगमी बर्ष झण्डै १ करोड ५३ लाख बढी आम्दानी गर्ने लक्ष्य लिएका शनिबार सम्पन्न ७ औँ बार्षिक साधारण सभामा वनका अध्यक्ष ईश्वरी लामिछाने जानकारी गराए ।    
विश्व सम्पदा सूचीमा सूचिकृत विसहजारी तालको प्रवेशद्धारसगैँ वन जीप सफारी, सिमसार टिकौली र चेपागं ताल संरक्षण, वन पैदावार बिक्रिवितरण, अनुदान, पर्यापर्यटन मुख्य आम्दानीको स्रोत रहेको वनका अध्यक्ष लामिछानेले बताए ।

वन संरक्षणमा राम्रो प्रयास भएका स्थानिय, प्रदेश र केन्द्र सरकारबाट वन समुहले सबैभन्दा धेरै आम्दानी यो पटक गरेको सचिव अनन्त अधिकारीले प्रष्ट पारेका छन् ।
यस्तै अध्यक्ष लामिछानेले वनको आम्दानी अनुसार आफ्ना उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ हुने गरि काम गर्दै आएको बताए ।
सो बनले सरकारले गर्दै आएका विभिन्न कामहरु गर्ने गरेको छ ।  बनका अध्यक्ष लामिछानेका अनुसार सुधारिएको चुलो, गोबर ग्यास अनुदान, किरियाका लागि लाग्ने दाउराको खर्च, बिवाहका लागि दाउरा, बालीनाली क्षतीपूर्ती आदीमा खर्च गर्ने गरेको छ ।
त्यस्तै सिंचाई, कालोपत्रे निर्माणका लागि अनुदान, शैक्षिक गुणस्तर वृद्धीका लागि सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान, टोल विकासको लागि छुट्टै अनुदानको व्यवस्था गर्दै आएको वनका अध्यक्ष लामिछानेले बताए ।
भने आगामी दिनमा सिमसार व्यवस्थापन, घाँसे मैदान व्यवस्थापन, ईको पार्क निर्माण सम्पन्न, मानव वनयजन्ुत द्धन्द्ध कम गराउन कंक्रिट वाल निर्माण लगायतका विभिन्न अनुदानलाई थप प्रभावकारी बनाउने दावी अध्यक्ष लामिछानेको छ ।

वनको ७ औँ साधारण सभा एक समारोहका विच रत्ननगर नगरपालिका मेयर नारायण वनले गरेका थिए । सो अवसर बोल्दै उनले वन संरक्षणका गरेको नमुना प्रयासकै कारण वनको हात भित्र ईको कल्चरल पार्क देशकै लागि नमुना सावित हुने बताए । भने वन संरक्षणमा थप क्रियाशिल भएर लाग्न निर्देशन दिए ।
सो अवसरमा बोल्ने उपभोक्ताहरुले सहज रुपमा आवशयक अनुसार घाँस दाउरा दिन र जनमुखी भएर संरक्षणमा थप सक्रिया गराउन वन समुहलाई आग्रह पनि गरेका थिए ।

वनकी सदस्य रेणुका पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष वालकृष्ण विकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रनपा वडा अध्यक्ष रोशन आचार्य, नेपा नगर अध्यक्ष केपि लामिछाने, काग्रेस वडा प्रतिनिधि भुपेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।