सपना स्कुलमा वालमैत्री नमुना शिक्षण सिकाई तालिम सुरु (भिडियो)

 

चितवन : पूर्वी चितवनको रत्ननगर स्थित सौराहामा जिल्लामा नै पहिलो पटक वालमैत्री नमुना शिक्षण सिकाई गराउन विदेशी प्रशिक्षकबाट १३ दिने तालिम सुरु भएको छ ।
तालिमको एक समारोहका विच रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्धघाटन गरेकी थिईन् ।
सो अवसरमा बोल्दै उनले बालबालिकाहरु चाहान वमोजिम जिल्लामै नमुना पद्धतीको शिक्षण सिकाई तालिम सबैका लागि प्रेरेण हुने बताईन् ।

उनले रत्ननगर नगरले आफै वालमैत्री नगर निर्माणको अभियानलाई तीव्र पारेको अवस्थामा यो निकै उपयोगी हुने भनाई राखिन् ।
साथै उनले नगरमा आफुहरुले पनि बालबालिकाको रुचि अनुसार पढ्ने वातावरण दिदै मार्ग निर्देशन गर्ने अवस्था तयार पार्ने काममा जोड दिएको स्पष्ट समेत पारिन् ।
सपना स्कुलका प्ले ग्रुपमा पढ्न आउने विद्यार्थीहरुलाई कसरी समयानुकुल अध्यापन भन्ने बारेमा विशेष कक्षा तालिम सुरु भएको हो । भने जिल्लाका अन्य विद्यालयका शिक्षकहरुलाई पनि तालिममा सहभागी बनाएको सपनाका कार्यक्रम निर्देशक सुजन बस्नतेले बताए ।
सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा शनिबारदेखी सो तालिम सुरु भएको तालिममा वच्चाहरुलाई सिकाउने तरिका, उनीहरुको चाहना लगायतका विषयमा शिक्षकहरुलाई सो तालिममा सहजीकरण गरिने सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।
उनले आफुहरु वालमैत्री शिक्षालाई ध्यानमा दिदै गरिबका बालबालिकाहरुलाई निशुल्क शिक्षा दिईरहेको जानकारी गराए ।
गिरीका अनुसार शिक्षकहरुलाई अवकाश प्राप्त गरेका विदेशी प्राध्यापकहरु ग्रीसका एल्सा र नेदरल्याण्डकी मारियसेले सहजीकरण गर्नेछन् ।
बालबालिकाको चाहान वमोजिमको शिक्षण सिकाई गराउन अब्बल मनिएका नेदरल्याण्डबाट नेपालमा एल्सा जेलमन र मारिहोसेले पाचौँ चरणमा यो पटक १८ जनालाई तालिम दिने उनले बताए ।
यसअघि ४ वटा तालिम सपनाले सम्पन्न गरिसकेको र मन्टेश्वरीलाई मध्यनजर गर्दै तालिम सुरु गरिएका तालिम सफल हुने सपनाकी उपाध्यक्ष बर्षा पुरीले बताईन् ।
कार्यक्रममा बोल्दै रत्ननगर वडा नम्बर ७ का वडा अध्यक्ष लालबहादुर भट्टले बालबालिकाले कसरी खुसी भएर आफ्नो रुची अनुसार पढ्ने वातावरण सिर्जज गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकाहरुलाई माया र स्नेहका साथ पढाउने वातावरण सिर्जन गर्न सबैमा अपिल पनि गरे ।
सपनाका अध्यक्ष गिरीको अधयक्षतामा सम्पन्न तालिमको उद्धघाटन समारोहका विदेशी प्रशिक्षक एल्सा जेलमन लगातयले बालेका थिए ।