दुर्घटना न्यूनिकरण गर्न आफै रात्रिकालिन चेकचाँजमा ट्राफिक प्रमुख दयाकृष्ण (फोटोफिचर)

चितवन : पछिल्लो समयमा चितवनमा सवारी दुर्घटना न्यूनिकरण गर्न नयाँ नयाँ उपायहरु अपनाउन थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा आएका नयाँ ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जिल्लामा आफु आएदेखि नै सवारी व्यवस्थापनका लागि विभिन्न कामहरु गर्दै आइरहेका छन् । उनले सडक दुर्घटना न्यूनिकरणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी गराए ।

देशकै केन्द्र भागमा पर्ने चितवनमा हरबखत हाईअलटमा बस्नुपर्ने भएकोले सम्भावित दुर्घटनाहरुको न्यूनिकरण गर्न योजनावद्ध रात्रीकालिन समयमा जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक कार्यालयको समन्वयमा सडक सुरक्षा सयुंक्त चेकजांँच कार्यायोजना ल्याएको बताए ।

रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाईएकोले सोमबारदेखि चेकजांँच कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए । ‘विगत ६ महिनाको तथ्यांँक हेर्दा रातको समयमा बढी दुर्घटना भएको पायौं, उहांँले भन्नुभयो , यसलाई न्यूनिकरण गर्न हामीले रात्रीकालिन समयमा कडाई गर्न लागेका हौं ।’ उक्त समयमा मापसे गरी चलाउने , चालक निदाउने, तीब्रगतिमा सवारी चलाउने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन ।
कार्यक्रम लागू भएपछि दूर्घटनाको दरमा कमी आएको भन्दै उनले सचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । चालकहरुलाई हार्दिकतापूर्वक सवारी साधन हाँक्नका लागि चालकै सिटमा गएर संवेदनशील हुन आग्रह गर्ने काम गरेका छन् ।

यस्तै उनले जथाभावी पार्किङ गरेका सवारीलाई चेनलक लगाई कारबाही गर्ने कार्य अन्र्तगत नारायणगढ बजारको मुख्य, शाखा सडक, सडक पेटी तथा फुटपाथमा समेत जथाभावी पार्किङ गरेका सवारी साधनहरुलाई बिगतका दिनहरुमा पनि चेनलक लगाई कारबाही गरिदै आएकोमा पछिल्लो १५ दिन कारबाहीमा थप कडाई गरेका छन् । यहि अवधी १ सय ५६ वटा चारपांग्रे सवारी साधन, ५ वटा चारपांग्रे सवारी साधन, र ९५ वटा मोटरसाईकल र स्कुटरलाई कार्वाही गरिएको भने, सिट क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई कारबाही गरी मुडा नियन्त्रणमा छ । यस्तै सवारीमा अनावस्यक रुपमा जोडिएका लाईटहरु नियन्त्रणमा अन्र्तगत आम सडक प्रयोगकर्ताहरुको गुनासोलाई मध्यनजर गर्दै पछिल्लो १५ दिनमा ३ सय २५ वटा लाईटहरु नियन्त्रणमा लिईएको र लाईट निकाल्ने अभियानलाई निरन्तरता दिएको स्पष्ट पारे ।

यस्तै कार्यक्रम अन्र्तगत जिल्लाको बढी दुर्घटना हुने ८ वटा ठाउंँमा प्रहरी र ट्राफिक प्रहरी सहित ७ जना सम्मको टोलीले २४ सै घण्टा निगरानी गर्ने कार्यको सुरुवात पनि गरेका छन् ।