एक परेवाको मूल्य १५ करोड !

एजेन्सी : एक परेबा नेपाली रूपैया १५ करोड भन्दा बढीमा बिक्री गरिएको छ । १२ लाख ५० हजार युरोमा बेल्जियमको एक परेबाको बिक्री गरिएको छ । यो परेबाको नाम अर्मान्डो राखिएको छ । यो लामो दूरीसम्मको उडान गर्न सक्ने क्षमताको भएकाले यसलाई परेबाको ‘ लुइस हेमिल्टन’ पनि भनिन्छ ।

यसअघि सबैभन्दा बढी मूल्यमा बिक्री गरिएको मूल्य ३ लाख ७६ हजार युरो थियो ।

यो परेबाको लिलामीमा चीनका दुई खरिदकर्ताले मूल्य बढाबढ गरेका थिए । अपेक्षा गरिएभन्दा धेरै मूल्य १२ लाख ५० हजार युरो यसको मूल्य हुन पुग्यो ।

सामान्यरूपमा हवाई दौडको प्रतिस्पर्धामा भाग लिने परेबाको मूल्य २५०० युरो हुने गरेको छ ।

अर्मान्डो तीन दौड जितेको छ । जसमा सन् २०१८ को एस पिजन च्याम्पियनशीप, सन् २०१९ को पिजन ओम्पियाड र अंगुलेम दौड प्रतिस्पर्धा अमान्डोले जितेको छ ।

विश्राममा पुगेको यो परेवाबाट उसको वंशवृद्धिका लागि प्रजनन गराइने भएको छ ।