गजल

अम्बिका कार्की , चितवन : नभन्नुहोला सधैं अरुकै ईच्छामा बाँधिनु पर्छ ।

रबरले पनि त तन्किनु पर्छ , खुम्चिनु पर्छ ।

एक झोक्का हावाले भर्खर दियो निभाएर गयो अघिसम्म तपाई भन्दै हुनुहुन्थ्यो तेल सकिनु पर्छ ।

तिमीलाई भरी बनाउन म रित्तिएकी हुँ प्रिय !

डुंगा तीरमा पुर्‍याउन पनि बहनाले चोभिनु पर्छ।

सित्तैमा अरुको मात्र आश गर्नु बेकार हो केही पाउनलाई त केही आफूले दिनु पर्छ ।