जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपीमा कार्की

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक (डिएसपी) मा टिका बहादुर कार्की सरुवा भइ आएका छन्।

कार्की बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट काजमा सरुवा भइ जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका हुन।यस अघि डिएसपी रहेका यज्ञ प्रसाद भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा काजमा सरुवा भएको छ।