युवा समाजसेवी सुदिप सुवेदी गंगानगर माविको अध्यक्ष चयन

चितवन : भरतपुर महानगर वडा नम्बर १३ मा रहेको श्री मावि गंगानगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा समाजसेवी तथा वैद्धिक व्यक्तित्व सुदिप सुवेदी चयन भएको छन् ।
विद्यालयको आज सम्पन्न दोश्रो पूर्ण बैठकले सुवेदीको अध्यक्षतामा ७ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो । जसको सीता महत्तो, भिष्मकान्त अधिकारी, राजकुमार कौसीया, राधा गौतम, लक्ष्मी बोहरा, प्रकाश दुवाडी र सदस्य सचिवमा विद्यालयका प्रअ श्रीराम देवकोटा रहेका छन् । अध्यक्ष चयन भएसगैँ नवनिर्वाचित अध्यक्ष सुवेदी गंगानगर माविलाई जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित गराउने बताउदै सबै क्षेत्रको सहकार्य र हातेमालोबाट मात्र यो सम्भव भएको बताए ।

.