सरकारको विरोधमा चितवनको लोथरमा खवरदारी सभा

रत्ननगर :  कालापानी,लिपुलेक, लिम्पियाधुरा लगायत देशका विभिन्न स्थानमा भारतले सिमा मिचेको भन्दै आज नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा चितवन संयुक्त रुपमा चितवनको लोथरमा खवरदारी सभा गरेका छन् ।

आजबाट देशभर एकसाथ यो अभियानको थालनी भएको क्रान्तिकारी माओवादी चितवनका ईन्चार्ज विकासले वताए । लोथर वजारमा आज भएको सभालाई सम्वोधन गर्दै उनले अहिलेको सरकारले देश वेचेको दावी गर्नु भएको छ । देशको सिमा मिचेको थाहा पाउदा पनि सरकार केहि नवोलेको भन्दै यो सरकारबाट जनताले केहि पाउन नसक्ने वताए ।

फरक प्रसंगमा उनले एमसिसि पारित गरेको देश अमेरीकाको हातमा सुम्पिन खोजेको वताए । उनले अन्य देशको उदाहरण दिदै अमेरीकाले चिन संगको सम्वन्ध विगार्न र रेल रोक्न एमसिसि अघि सारेको वताए ।
एमसिसिमा चितवनको शक्तिखोर सहित देशको तीन ठाउमा अमेरी सेना तैनाथ गर्ने रणनिति अनुसार एमसिसि अघि सारेको वताउदै चितवनका स्थानियहरु यस विषयमा खुलेर लाग्न पर्ने समेत वताए ।
यो अभियान चैतको अन्तिम कालापानि पुगेर सकिने देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक वावुराम परियारले वताए ।

.